arrow

युक्रेनलाई सुरक्षा सहायताका लागि २० करोड डलर : पेन्टागन

logo
हाम्रा कुरा
प्रकाशित २०७५ साउन ५ शनिबार
pentagon.jpg

वासिङ्टन। युक्रेनको सैन्य सुधारका लागि अमेरिकाले २० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ। सो कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शुक्रबार सार्वजनिक गरेको छ। अमेरिकी रक्षामन्त्रालय, पेन्टागनले युक्रेनलाई सुरक्षा सहायता कार्यक्रम अन्तर्गत पहिलो चरणमा २० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराएको विज्ञप्तिमार्फत जानकारी गराएको हो।

युक्रेनी सेनाको क्षमता अभिबृद्धि गर्ने, सैन्य उपकरणहरु खरिद गर्ने तथा सेनालाई तालिम दिने जस्ता कार्यमा उक्त रकम प्रयोग गरिने पेन्टागनले जनाएको छ। पेन्टागनले प्रकाशन गरेको विज्ञप्तिमा विशेषगरी यक्रेनको सेनाको आफ्नो प्रतिरक्षात्मक क्षमता अभिबृद्धिका काममा सो रकम सदुपयोग गरिने छ भनेको छ।

युक्रेनी सेनाको क्षमता अभिबृद्धिका लागि भन्दै अमेरिकाले सन् २०१४ मा नै एक अर्ब अमेरिकी डलर बराबरको सैनिक सहयोग कोषको घोषणा गरेको थियो।

त्यसयताको सहयोगमा यो २० करोड डलर छिट्टै दिने घोषणा शुक्रबार गरेको हो। विशेषगरी युक्रेनी भूभाग क्राइमिया रुसमा बिलय हुने प्रक्रियाको शुरुआतसँगै अमेरिकाले युक्रेनी सेनालाई सहयोग गर्ने प्रक्रियाको थालनी गरेको हो।

क्राइमिया रुसमा विलय भए पनि पूर्वी युक्रेनमा हिंसा रोकिएको छैन। त्यहाँका विद्रोहीले धार्मिक र क्षेत्रीय एजेण्डा उठाएर स्वायत्त राज्यको माग गरिरहेका छन्।

तर युक्रेनले त्यो स्वीकार गरेको छैन। युक्रेनी सरकारले यो विद्रोहको एजेण्डा कुनै पनि हालतमा स्वीकार नगरिने जनाएको छ। यस विद्रोहमा पनि रुसको हात रहेको आरोप अमेरिकाको छ। तर रुसले भने युक्रेनका नागरिकले उठाएका एजेण्डामा आफ्नो कुनै पनि हात नरहेको बताएको छ।

रुसको प्रस्तावपछि सैन्य सहयोग
यसैबीच प्राप्त अर्को एक समाचार अनुसार रुसले भने पूर्वी युक्रेनमा जारी रहेको हिंसात्मक विद्रोहलाई जनमत संग्रहको माग गरेको छ। तर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने यस्तो जनमत संग्रहप्रति अमेरिकाले कुनै विश्वास नगर्ने बताएको छ।

यस्तो जनमत संग्रह स्वतन्त्र र निष्पक्ष पनि हुन नसक्ने उसले जनाएको छ। सोही प्रस्तावपछि यता पेन्टागनबाट युक्रेनी सेनाको क्षमता बढाउने सम्बन्धी यो सैन्य सहयोगको घोषणा भएको छ।

बिहीबार रुसले उक्त प्रस्ताव गर्नु र अमेरिकाले शुक्रबार भने यता अमेरिकाले युक्रेनलाई सहयोगको घोषणा गर्नुलाई संयोगमात्र नभएको अधिकारीहरुको भनाई छ। केही वर्षअघिको क्राइमिया रुसमा बिलय हुने प्रक्रियाको पनि अमेरिका विरोधमा रही आएको थियो। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ