arrow

इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँग वार्ता गर्न अस्वीकार

logo
प्रकाशित २०७५ साउन ५ शनिबार
khamenei-iran.jpg

तेहरान। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गरेका छन्। 

अमेरिकासँग वार्ता गरेर सम्झौतामार्फत् समस्याको समाधान खोज्ने कुरा जानीजानी गरेको गल्ती जस्तो हुने उनको भनाइ छ। इरानको आधिकारिक समाचार संस्था इर्नाका अनुसार सर्वोच्च नेता खामेनीले अमेरिकासँग वार्ता गर्न चाहनु भएको छैन।

“अमेरिकासँगको मुख्य समस्या र विवाद भनेको इस्लामिक आन्दोलनसँगको हो, त्यो आधारभूत र मौलिक विषयमा सम्झौता गर्न सकिदैन, त्यसैले वार्ताको कुनै औचित्य छैन,” उनलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ। एएफपी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ