arrow

नेपालमा भन्दा भारतमा चर्चिच गिनिज बुकमा नाम लेखाएका प्रहरी जवान 

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
dinesh-sunar-ginij.jpg

काठमाडौं । सशस्त्र प्रहरीका जवान दिनेश सुनार गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुईपटक नाम लेखाएका कारण नेपालमा भन्दा भारतमा प्रसिद्ध भएका छन् । दिनेश नेपालमा भन्दा पनि भारतीय मिडियामा छाउनुको कारण उनले गिनिज बुकमा लेखाएको शीर्षकका कारण हो ।

‘मस्ट ट्विस्टिङ ब्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराएका थिए । यो विषयमा अहिलेसम्म गिनिज बुकमा कसैले पनि नाम दर्ता गराएका छैनन् ।

न्यूनतम १५ पटकसम्म गर्नुपर्ने गिनिज बुकमा उल्लेख रहेको रेकर्ड तोड्दै उनले भने, ‘मैले १८ पटकसम्म गरेर देखाएँ, यति गरेर मैले देशको नाम विश्वमा चिनाउन सकेँ ।’

उनले द मस्ट ब्याकवार्ड समरसाउट वाल इन ३० सेकेन्डमा रेकर्ड कायम गरेका छन् । ३० सेकेन्डमा १६ पटकको रेकर्ड तोडिदिए । उनले सोही समयमा १५ पटक गरेर देखाए ।

एकपटक गिनिज बुकमा नाम लेखाएपछि दिनेश सुनारलाई त्यसको भोक मेटिएन । अमेरिका पुगे, तालिम पनि गरे तर फेरि नेपाल फर्किएर अर्को रेकर्ड तोडेर देखाए । अब, तेस्रोपटक गिनिजमा नाम लेखाउने तयारीमा जुटेका छन् उनी ।

उनी पहिलोपटक गिनिज बुकमा नाम लेखाउनासाथ भारतीय मिडियामा भाइरल भएका थिए । ‘पहिलोपटक यो शीर्षकमा नाम दर्ता गराउन सफल भएका कारणले नै मेरो भारतीय मिडियामा व्यापक चर्चा भयो । नेपालमा यसको महत्व कम बुझेजस्तो लागेको छ,’ उनले भने, ‘तर यही नामले म नेपाल चिनाउनेछु ।’ (राजधानी दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ