arrow

सुरु भयो वास्तविक व्यापारयुद्ध : फ्रान्स

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
trade_war.jpg

काठमाडौं । फ्रान्सका अर्थमन्त्री ब्रूनो डे मायरले व्यापारयुद्ध अब वास्तविकतामा परिणत भइसकेको बताएका छन् । अर्जेन्टिनामा जी२० सम्मेलनको क्रममा फ्रान्सका अर्थमन्त्रीको तर्फबाट यस किसिमको चेतावनी आएको हो ।

यसअघि व्यापारयुद्ध एक आशंकाको रुपमा रहेको अवस्थामा अब भने यो वास्तविकतामा परिणत भएको उनले बताएका हुन् । पछिल्लो समय जंगलराजको नियमअनुसार कर बढाउने योजना आएको पनि उनले बताए । 

अमेरिकी वाणिज्य मन्त्री स्टिभ नुचिनले भने करको नीतिको बचाउ गर्दै ईयू र चीनलाई स्वस्थ प्रतिस्पर्धाका लागि आग्रह गरेका छन् । गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले ईयू व्यापारको हिसाबले हानिकारक रहेको बताएका थिए । साथै चीनबाट आउने पाँच खर्ब डलरका सामग्रीहरुमा कर बढाउने चेतावनी दिएका थिए । 

अमेरिकाको ईयू र चीनसँग ठुलो व्यापारघाटा रहेको छ । फ्रान्सका अर्थमन्त्रीले विश्व बजारको व्यापारमा नकारात्मक किसिमको असर पार्नसक्ने बताइएको छ । यसले विश्व आर्थिक वृद्धिदरको नतिजा पनि निकै कमजोर बन्नसक्ने अर्थमन्त्री मायरले बताए । 

अमेरिकी वाणिज्यमन्त्रीले भने ट्रम्पको नीतिको बचाउ गर्दै ईयू र चीन दुवैले आफ्नो बजार खुला राख्नुपर्ने बताए । पछिल्लो समय अमेरिका र चीनको बीचमा बढिरहेको व्यापारिक तनावले विश्व बजार नै प्रभावित बनेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ