arrow

२०१९ सम्म आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने तयारीमा फेसबुक 

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
facebook1.jpg

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले सन् २०१९ सम्म आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने तयारी गरेको छ । फेसबुकले विश्वका धेरै मानिसहरु अझै अफलाइनमा रहेको भन्दै फेसबुकले यस्तो योजना अघि सारेको हो । यसअघि नै कम्पनीले आफ्नै स्याटेलाइनट ल्याउने तयारी भइरहेको बताएको थियो तर कुनै समयसीमा भने तोकेको थिएन । 

फेसबुकको विवरणअनुसार विश्वभरका मानिसहरुलाई अहिले इन्टरनेट रहेको वा नरहेको स्थानमा पनि अनलाइन सेवा प्रदानको लागि यस किसिमको योजना ल्याइएको हो । सामाजिक सञ्जाल कम्पनी फेसबुक यस किसिमको योजना ल्याउने एक्लो कम्पनी भने होइन, यसअघि पनि इलोन मस्कको स्पेस एक्सले यस किसिमको योजना ल्याइसकेको छ । त्यसका साथै सफ्टबैंकको स्वामित्वमा रहेको वानवेबले पनि यसैअनुसारको महत्वाकांक्षा सार्वजनिक गरिसकेको छ । 

फेसबुकले आफूहरुको योजना नयाँ पुस्तालाई लक्षित गरी अघि सारिएको बताएको छ । फेसबुकले आउँदो पुस्ताको लागि स्याटेलाइन निकै महत्वपूर्ण रहने बताएको हो । अझै पनि विश्वमा एक अर्बभन्दा मानिसहरु इन्टरनेटको सेवाबाट वञ्चित रहेको भन्दै फेसबुकले यस्तो योजना अघि सारेको हो । 

यसअघिका योजनाहरुमा फेसबुकलाई खासै सफलता मिल्न नसकेको अवस्थामा पछिल्लो समय भने उसले महत्वपूर्ण योजना अघि सारेको हो । फेसबुकको अहिलेको योजनाअनुसार उसले विश्वका विकट स्थानहरुमा रहेका चार अर्ब मानिसहरुलाई स्याटेलाइटको माध्यमबाट यस किसिमको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । 

यसअघि विभिन्न किसिमका योजनाहरुको माध्यमबाट इन्टरनेट सेवा प्रदान गरिने योजनाहरु ल्याइएको भए पनि फेसबुकले अन्तिममा स्याटेलइटको माध्यमबाट इन्टरनेट सेवा प्रदानको योजना अघि सारेको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ