arrow

साइबर सूरक्षाबारे अन्तर्राष्ट्रिय समिट हुने

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
security1.jpg

काठमाडौं ।  साइबर सूरक्षा बारे अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ यहि साउन ११ र १२ गते राजधानीमा सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ हुने भएको छ । साइबर सुरक्षाबारे कार्यक्रम गर्ने संस्थाले एनपीसर्टले आयोजना गर्ने समिटको मूल नारा ‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ रहेकोछ ।

समिटको पूर्वसंध्यामा साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि–समिट वर्कसप सञ्चालन हुनेछ । आयोजक संस्थाले सोमबार पत्रकार सम्मेलन गरेर समिटको अवसरमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमहरु बारे छलफल हुने जानकारी दियो ।

विशेषगरी साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुनेछ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि समिटमा हुने जानकारी दिईयो ।

यही समिटमार्फत् साइबर रिजलेन्सका लागि विश्व गठबन्धनसमेत निर्माण गरिने छ भने साइबर सेक्युयुरिटीसम्बन्धी पूूर्वाधार निर्माण गर्न विश्वव्यापी रुपमा भइरहेका अभ्यासहरुको जानकारी समेत दिइनेछ । समिटमा साइबर सुरक्षाका जोखिम न्यूनिकरण गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरु बढाउने, नेपालमा नेशनल सर्टको लागि आधार तयार पार्नेलगायतका विषयमा गम्भीर छलफल हुने समिटका संयोजक चिरञ्जिवी अधिकारीले जानकारी दिए ।

समिटको की–नोट स्पिकरमा आइक्यानका एसिया प्यासिफिक स्ट्याबिलिटी एन्ड रिजलेन्स म्यानेजर चाम्पिका वाइजायातुङ्गा र सिस्कोको भारत तथा सार्क क्षेत्र हेर्ने पार्टनर बिजनेश ग्रुपका सेक्युरिटी लिड विवेक श्रीवास्तव रहेको आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ