arrow

ग्रिसमा भीषण आगलागी, कम्तीमा २० को ज्यान गयो 

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
greece.jpg

काठमाडौं । ग्रिसको एक जंगलबाट फैलिएको आगलागीबाट कम्तीमा २० जना मानिसहरुको ज्यान गरेको छ । ग्रिसको सरकारले दिएको जानकारीअनुसार राजधानी सहर एथेन्स नजिकै आगलागी भएको हो । सरकारले यो आगो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । 

आगो नियन्त्रणका लागि सयौंको संख्यामा अग्नि नियन्त्रक टोलीलाई उतारिएको छ भने राजधानी नजिकैका मानिसहरुले आफ्नो वासस्थान छाडेका छन् । साथै अहिले उद्धारको काम पनि जारी रहेको बताइएको छ । 

ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आफ्नो सरकारले मानवीय हिसाबमा सम्भव रहेको सबै प्रयासहरु गर्ने बताए । उनले आफ्नो बोस्नियाको भ्रमण पनि छोट्याएका छन् । यो घटनामा परी थप १०४ जना मानिसहरु घाइते भएका छन्, जसमा ११ जना गम्भीर घाइते भएका छन् भने १६ जना बालबालिकाहरु रहेका छन् । 

सामाजिक सञ्जालहरुमा पनि पोस्ट गरिएको भिडियोहरुमा पनि ग्रिसका केही भवनहरु तथा कारहरु जलिरहेको देखिन्छ । प्रधानमन्त्री सिप्रासले आफ्ना सबै आपतकालीन बललाई प्रयोग गरिएको जानकारी दिएका छन् ।

ग्रिसको सरकारले युरोपियन मुलुकहरुलाई हेलिकोप्टर तथा अन्य अग्निनियन्त्रकका लागि अनुरोध गरेको छ । ग्रिसको आगो निभाउनका लागि इटाली, जर्मनी, पोल्याण्ड र फ्रान्सले सहयोगका लागि प्लेन, सवारीसाधन तथा अग्निनियन्त्रक टोली पठाएको छ । यद्यपि आगो अनियन्त्रण गर्न कठिन बन्दै गएको बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ