arrow

सगुनमा लगानी गर्ने म्याद जुलाई २६ सम्ममात्र (भिडियो)

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
sagoon.jpeg

वासिङ्टन डीसी। सगुनले निश्चित सीमाभन्दा माथिका लगानीकर्तालाई इन्सेन्टीभका रुपमा थप शेयर उपलब्ध गराउने घोषणा गरेको छ। मिनी आइपिओमा लगानी गर्ने समय सकिनै लाग्दा कम्पनीले अन्तिम ५ दिनका लागि यो घोषणा गरेको हो। मिनी आइपिओमा १० हजार डलर लगानी गर्नेलाई १ हजार डलर र २० हजार डलर लगानी गर्नेलाई २ हजार ५ सय डलर  इन्सेन्टीभका रुपमा शेयर दिने सगुनले घोषणा गरेको हो।

सगुनले आफ्नो सफल मिनी आईपीओमा लगानी गर्ने म्याद जुलाई २६ मा सकिने समेत जनाएको छ। आफ्ना प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्न मद्दत गर्ने सोसल कमर्स प्लेटफर्म सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले जुलाई २६ को मध्यरात (अमेरिकाको पूर्वी तटीय क्षेत्रको समय) सम्ममा आवेदन दिनुपर्नेछ । 

कम्पनीले सन् २०१७ मा सानो स्तरमा प्रारम्भिक शेयरमा लगानी गर्ने अवसर प्रदान गरेको थियो जसमा प्रति कित्ता २३ डलरमा कम्तीमा १,००० डलर लगानी गर्नुपर्ने थियो । त्यसयता कम्पनीले विश्वभरका ३,५०० भन्दा बढी लगानीकर्ताबाट करिब ५० लाख डलर उठाएको छ भने ४५ लाख डलरभन्दा बढी लगानी निजी स्तरबाट उठाएको छ । कम्पनीले अर्को ५० लाख डलरको रणनैतिक साझेदारीबाट समेत उठाएको छ।

संसारभरबाट लगानीकर्ता र सर्वसाधारणले सगुनप्रति देखाएको मायाको प्रशंशा गर्दै सगुनका प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने- ‘ यसबाट हामीले हाम्रा लगानीकर्ताको लागि अवसरले भरिएको संसार निर्माण गर्न चाहन्छौं । उहाँहरुले हामीलाई हाम्रो यात्रामा गर्नुभएको निरन्तर सहयोग र विश्वासप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौं । हामी विश्वस्त छौं, यसप्रकारको मायाले हामी संसारको सामाजिकीकरणको पद्धतिलाई परिवर्तन गर्ने हाम्रो लक्ष्य प्राप्त गर्न सक्षम हुनेछौं ।’ 

सगुनले आईओएस् एप बनाउने, स्मार्ट सोसल कार्डको सुरुवात गर्ने कामलाई निरन्तर जारी राख्दै तिनीहरुलाई सन् २०१८ को अन्त्यसम्म जारी गर्ने लक्ष्य लिएको छ । सगुनको सोसल कार्डले सगुनका प्रयोगकर्ताहरुलाई सामान किन्दा पैसा कमाउने,  कुपनसँग सामान साट्ने  तथा आफ्ना प्रियजनहरुलाई उपहार दिन सक्ने बनाउँछ । ई–कमर्सको ३ खर्ब अमेरिकी डलरको बजारमा सोसल स्मार्ट कार्ड तथा आईओएस् एपले कायापलट नै गर्ने सगुनको विश्वास छ । 

यस वर्ष कम्पनीले नयाँ दिल्लीमा एक कार्यक्रम गरी बलिउड स्टार श्रद्धा कपुरबाट एन्ड्रोइड मोबाइल एपको सुरुवात गरेको छ । वेबमा तथा मोबाइलमा आधारित गरी सगुनमा हाल २६ लाखभन्दा बढी प्रयोगकर्ता छन् । सगुनले ती प्रयोगकर्ताहरुलाई २.८ अर्ब प्रयोगकर्ता भएको सामाजिक सञ्जालमा भिज्न मद्दत गर्दैछ र हालका प्लेटफर्मले दिइरहेको भन्दा फरक अनुभव प्रदान गर्ने आफ्नो लक्ष्यमा कटिबद्ध रहेको छ । 

कम्पनीले सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट अहिले पनि लगानी उठाइरहेको छ। लगानी गर्नु अगाडि चाहिने निष्कासन परिपत्र लगायतका विवरण तथा लगानीको अवसरको बारेमा यसको वेबसाइट www.sagoon.com/invest मा जानकारी पाइने कम्पनीले जनाएको छ। 

सगुनको बारेमा 
सगुन सुरुवाती चरणमा रहेको एक सोसल कमर्स प्लेटफर्म हो जसले प्रयोगकर्ताहरुलाई सामाजिकीकरण गर्दा पैसा कमाउने अवसर प्रदान गर्दछ । 'सगुन' शब्द संस्कृत शब्द ‘शकुन’ बाट आएको छ जसको अर्थ ‘राम्रो भाग्य वा शुभ समय’ भन्ने हो । सन् २००९ मा एक सर्च इन्जिनको रुपमा सुरु भएको सगुनले सन् २०१४ बाट प्रयोगकर्ताहरुलाई राम्रोसँग कनेक्ट, शेयर, तथा अर्न गराउने लक्ष्य राखी सोसल कमर्स प्लेटफर्मको रुपमा विकसित भएको छ । सगुनसँग जोडिनको लागि www.sagoon.com मा जानुहोस् वा कम्पनीलाई फेसबुकमा ‘लाइक’ गर्नुहोस् । रेगुलेशन ए प्लसको माध्यमबाट कम्पनीमा लगानी गर्नको लागि www.sagoon.com/invest मा जानुहोस् ।

भिडियो:

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ