- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल चिकित्सकको आब्हानमा चिकित्सकहरु सामुहिक अनसनमा बसेका छन् । चिकित्सकहरु डा गोविन्द केसी अनसन बसेको स्थल शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरुले डा केसीको मागलाई ऐक्यवद्धता जनाउँदै अनसनमा बसेका हुन् ।
सो अनसनमा रेजिडेन्ट चिकित्सकहरुको बाहुल्यता रहेको छ । चिकित्सक संघले मंगलबारदेखि आन्दोलनलाई थप कडा बनाउँदै लगेको छ । नियमित ओपीडीलाई बहिस्कार गरेर वैकल्पिक तरिकाले बिरामीको चेकअप गरिरहेको छ ।
सो सामुहिक अनसनमा संवोधन गर्दै संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले कसैको धम्कीसंग नडराउने बताए । उनले भने, ‘सत्यको सधै जित अवश्य हुन्छ, हिजो सम्पूर्ण दलका नेताले सहमति गरेको कुरा आज बेवास्ता गर्नुको पछाडि गहिरो षडयन्त्र भएको छ ।’
उनले संघका कार्यक्रमलाई सबै चिकित्सकले साथ दिनुपर्ने पनि बताए । उनले अभिभावकको भूमिका निभाउँदा संघलाई सबैलाई साथ नदिँदा भोलि समस्या पर्दा अप्ठेरो पर्ने पनि बताए ।
शिक्षण अस्पतालमा वीर अस्पतालका डाक्टरहरु पनि ऐक्यवद्धता जनाउन गएका छन् । अनसनमा चिकित्सक संघका पूर्व अध्यक्ष डा केदार नरसिंह केसीदेखि पूर्व तथा वर्तमान संघका पदाधिकारीहरु पनि छन् ।
अनसन साँझ ५ बजेसम्म रहने चिकित्सक संघले जनाएको छ ।
को को छन् अनसनमा–