arrow

मोदीका महत्वाकांक्षी योजनामा आधा रकम पनि खर्च भएन 

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
narendra-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका महत्वाकांक्षी योजनाहरुको काम योजनाअनुसार हुन नसकेको विवरण सार्वजनिक भएको छ । भारतको प्रधानमन्त्री बनेसँगै माेदीले ल्याएका स्मार्ट सिटिदेखि लिएर प्रधानमन्त्री आवास योजनासम्मका कामहरु निकै सुस्त गतिमा अघि बढिरहेको विवरण सार्वजनिक भएको हो । 

भारतको संसद स्टडिङ कमिटिले यस विषयमा चिन्ता व्यक्त गर्दै यो कामका लागि अहिलेसम्म जारी गरिएको रकमको आधा रकम पनि खर्च हुन नसकेको बताएको हो । नरेन्द्र मोदीका लागि यी योजनाहरु निकै महत्वपूर्ण रहेको बताइँदै आएकोमा यस किसिमको विवरण सार्वजनिक भएको हो । 

सोमबार भारतको लोकसभाको बैठकमा यस किसिमको विवरण सार्वजनिक गरिएको हो । यो योजनाहरुको विवरणहरु पनि तोडमोड हुनसक्ने चेतावनी दिइएको छ । साथै सरकारलाई यी योजनाहरु तीव्र गतिमा अघि बढाउनका लागि आग्रहसमेत गरिएको छ । 

आवास एवं सहरी कार्य मन्त्रालयअन्तर्गतको स्टडिङ कमिटिको विवरणमा स्मार्ट सिटि, अमृत हृदय, स्वच्छ भारत मिसन, प्रधानमन्त्री आवास योजना र राष्ट्रिय सहरी आजीविका मिसनको योजना सुरु भएयता अहिलेसम्म कूल तीन खर्ब ६१ अर्ब ९४ करोड भारतीय रुपैयाँबराबरको रकम पारित गरिएकोमा ७८ अर्ब ५० करोड रुपैयाँ मात्र खर्च भएको विवरणमा देखिएको हो । 

जसमध्ये स्मार्ट सिटि योजनाका लागि ९९ अर्ब ४३ करोड रुपैयाँ पारित गरिएको थियो तर १ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ । अर्थात् यो योजनाका लागि केवल एक दशमलव ८३ प्रतिशतको रकम खर्च भएको देखिएको हो । 

यसै हिसाबमा विभन्न ५ सय सहरहरुमा खानेपानीका लागि ल्याइएको अमृत योजनामा भने पारित भएको रकमको केवल २९ प्रतिशत रकम मात्र खर्च भएको छ । त्यसैगरी स्वच्छ भारत योजनामा ३८ प्रतिशत तथा आवास योजनामा केवल २० प्रतिशतको रकम खर्च भएको विवरणमा देखिएको छ । भारतमा पछिल्लो समय सन् २०१९ मा हुने निर्वाचनको तयारी हुन गइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ