arrow

लाओसमा ड्याम भत्किँदा सयौं बेपत्ता 

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
laos.png

काठमाडौं । लाओसमा रहेको एक निर्माणधीन ड्याम भत्किँदा सयौं मानिसहरु बेपत्ता भएका छन् । मंगलबार आएको बाढीले उक्त ड्याम भत्काएको हो । ड्यामसँगै धेरै घरहरु पनि बगेका छन् । 

अधिकारीहरुले दिएको जानकारीअनुसार सो क्षेत्रमा उद्धारको लागि डुङ्गाहरु परिचालन गरिएको छ । अट्टापेउ प्रान्तमा रहेको सानसाई जिल्लामा रहेको यो ड्याम भत्किएको हो । 

जलविद्युत् उत्पादनका लागि निर्माणको क्रममा रहेको सो ड्याम पानीको सतह अत्यधिक मात्रामा बढेसँगै भत्किएको हो । कम्युनिष्ट राज्य लाओस एसियाको सबैभन्दा गरिब मुलुकहरुमध्येको एक हो । यो मुलुक आफ्नो बिजुली बिक्री गर्दै एसियाको ब्याट्रि बन्ने योजनामा अघि बढिरहेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ