arrow

फेसबुकलाई चीनमा कार्यालय खोल्ने अनुमति 

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
facebook2.jpg

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकलाई चीनमा कार्यालय स्थापना गर्ने अनुमति प्राप्त भएको छ । चीनमा फेसबुकको प्रयोगमा प्रतिबन्ध लगाइएको अवस्थामा उसलाई नयाँ कार्यालय खोल्नका लागि अनुमति मिलेको हो । 

फेसबुकले चिनियाँ निर्माताहरुका लागि सहयोग पुग्ने किसिमले लगानीको योजना अघि सारिएको बताएको छ । फेसबुकको कार्यालय चीनमा खुलेको खण्डमा यो कम्पनीका लागि पहिलो आधिकारिक उपस्थिति हुनेछ । 

यद्यपि चीनमा वेबसाइटको दर्ताको लागि भने केही जटिलताहरु रहेको बताइएको छ । चीन विश्वको सबैभन्दा ठुलो समाजिक सञ्जालको सबैभन्दा ठुलो बजार हो । यद्यपि यो मुलुकमा ट्वीटर, फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जालहरु प्रतिबन्धित छन् । 

चिनियाँ प्रयोगकर्ताहरुले स्थानीय समाजिक सञ्जाल साइटहरु वेइबो, रेनरेन र यूकु प्रयोग गर्ने गरेका छन्, जसमा सरकारको निगरानी हुनेछ । 
फेसबुकका संस्थापक मार्क जुबरवर्गले चीनमा आफ्नो सेवा विस्तारको लागि उल्लेख्य प्रयासहरु गर्दै आएका छनु र अझै पनि गरिरहेका छन् । अहिले चीनको दक्षिणी सहर हान्जोओमा ३ करोड पाउण्डबराबरको लगानीको योजना अघि सारेको छ । चीनमा फेसबुक सन् २००९ यता प्रतिबन्धित रहेको छ । 

यद्यपि कार्यालय खोल्ने अनुमति पाउनु कम्पनीका लागि एक अवसर रहेको बताइएको छ । यो कार्यालयको सहयोगमा कम्पनीले चीनमा आफ्नो व्यापार विस्तारको योजना बनाइरहेको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ