arrow

पाकिस्तानमा निर्वाचनका बीच बम आक्रमण, २८ को मृत्यु

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
pakistan.png

काठमाडौं । पाकिस्तानको क्वेटा सहरमा बुधबार आत्मघाती बम आक्रमण भएको छ । पाकिस्तानमा निर्वाचन जारी रहेको अवस्थामा बुधबार यो आक्रमण भएको हो । आक्रमणमा परी २८ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी मानिसहरु घाइते भएका छन् । 

यो आक्रमणमा परी मृत्यु हुनेमा ३ प्रहरी र दुई बालबालिका पनि रहेको बताइएको छ । यो आक्रमण क्वेटाको पूर्वी भागमा रहेको एक निर्वाचन केन्द्रबाहिर भएको हो । 

समाचारमा बताइएअनुसार घटनास्थलमा बम नियन्त्रक टोली पुगेको छ र घटनास्थलबाट एउटा विष्फोट नभएको ग्रिनेड पनि बरामद गरिएको छ । स्रोतका अनुसार यो आक्रमण गस्ती गरिरहेको प्रहरीको गाडिको अगाडि भएको हो । प्रहरीका अनुसार आक्रमणकारी निर्वाचन केन्द्रभित्र छिर्न चाहन्थे । 

प्रहरी अधिकारीले घाइते सबैलाई स्थानीय अस्पतालमा पुर्‍याइएको र सबैको उपचार भइरहेको बताएका छन् । अस्पतालमा आपतकालको घोषणा गरिएको छ । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ