arrow

डा केसी गम्भीर, सरकार बेवास्ती, विद्यार्थी–चिकित्सकहरु आन्दोलित

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
dr-govinda-kc-tuth-15thfast.jpg

काठमाडौं । सत्याग्रही गोविन्द केसीको आमरण अनसन २७ दिनमा पुगेको छ । डा केसीको स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेको छ । उनको उपचारका लागि सरकारले कुनै चासो देखाएको छैन । 

डा केसीका न्यूनतम माग पूरा गर्न पनि सरकार असमर्थ देखिएको छ । यसले गर्दा वार्ता पनि झनै टाढिएको छ । मंगलबार सहमति नजिक पुगेको वार्ता बुधबार एकाएक भाँडिएको हो । 

सरकारी वार्ता टोलीले कुनै पनि म्यान्डेट बिना नै वार्तामा बस्दा समस्या आएको हो । चिकित्सा शिक्षा विधेयक पािरत गर्ने, नगर्ने, फिर्ता गर्ने भन्ने विषय संसदको हो भन्दै सरकारी वार्ता टोली गैरजिम्मेवारी तरिकाले उत्रिएपछि अवस्था थप गम्भीर बनेको छ । 

डा केसी कुनै पनि बेला अचेत अवस्थामा पुग्ने स्थिति बनेको छ । सीसीयुमा राखेर उपचार गर्नुपर्ने बेलामा सरकारले प्रतिरोध साँधेको डा केसीका समर्थकहरुले आरोप लगाइरहेका छन् । 

यसैबीच, बिहिबार बिहान ९ः३० बजे शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्म विद्यार्थी र चिकित्सकहरु सम्मिलित बृहत् र्याली हुन लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ