arrow

४९ मुलुकलाई पछि पार्दै नेपाली टोली आर्टिफिसियल इन्टेलिजेण्टमा पहिलो

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
microsoft1.jpg

काठमाडौं । अमेरिकास्थित माइक्रोसफ्ट मुख्यालयमा आयोजित ‘इम्याजिन कप’ मा नेपालबाट सहभागी टीम सोचवयर आर्टिफिसियल इन्टेलिजेण्ट विधामा प्रथम हुन सफल भएको छ । विद्यार्थी माझ हुने विश्वव्यापी वार्षिक प्रतियोगितामा नेपालले ठूलो सफलता हात पारेको हो ।

गत चैत्रमा मलेशियामा भएको एशिया प्रशान्त क्षेत्र स्तरको प्रतियोगितको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेसँगै सोचवेयर टीम यही जुलाइमा अमेरिकामा भएको विश्वप्रतियोगितामा भाग लिन गएको थियो । टिम सोचवेयर तीन युवा विद्यार्थीको समुह हो । सुचना प्रविधिले नै समाजको विकास गर्न सकिने विश्वास राखेका टिम सोचवेयरमा नेपाल इन्जिनियरिङ्ग कलेजका इडा रिजाल, मदन भण्डारी मेमोरियल कलेजका शिशिर श्रेष्ठ र कलेज अफ इन्फरमेशन टेक्नोलोजी एण्ड इन्जिनियरिङ्गका मिलन थापा रहेका छन् ।

उनीहरुले एक सुचना प्रविधिको यन्त्रमार्फत् कृषि क्षेत्रको समस्यालाई समाधान गर्ने प्रयत्न गरेका छन् । सो यन्त्रले कृषि, खेतिपातिमा लाग्ने रोगलाई उजागर गरी किसानलाई उपयुक्त समाधान र जानकारी दिनेछ । जसले गर्दा कृषिलाई स्वस्थ बनाउने र हाइजेनिक अन्न उत्पादन गर्न प्रेरित गर्दछ । मानव स्वास्थ्य सँग जोडिएको अन्नलाई हाइजेनिक बनाउन सके मानव स्वास्थमा पनि सकरात्मक प्रभाव पर्ने टिमको विश्वास छ ।

यस संस्करणको विश्व प्रतियोगितामा ४९ ओटा टिमले भाग लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ