arrow

सगुनको मिनी आइपिओमा लगानी गर्ने आज (२६ जुलाई) अन्तिम दिन

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
sagoon.jpeg

काठमाडौं। सगुनले खोलेको मिनीआइपिओमा लगानी गर्ने आज (२६ जुलाई अमेरिकी न्यूयोक समय अनुसार मध्यरात १२ बजे अगाडी) सम्म रहेको जनाएको छ। अव लगानीको लागि समय थप नहुने समेत बताएको छ। यो अन्तिम अवसर हो, राम्रोसंग हाम्रो योजनाहरु बुझेर क्षमता अनुसार लगानी गर्न फाउण्डर गोबिन्द गिरीले आवह्न गरेका छन्।

अमेरिकी सेक्युरिटी एण्ड एक्सचेन्ज कमिशनबाट स्वीकृत पाएर बिश्वभरीबाट मिनीआइपीओ मार्फत लगानी भित्राइरहेको छ। सगुन अमेरिकी सरकारमा दर्ता भएको सामाजिक सञ्जाल हो। नेपाल सरकारले बिदेशी कम्पनीमा लगानी गर्न छुट नदिएकोले नेपालभित्रबाट भने लगानी गर्न सकिदैन तर बिदेशमा बस्ने नेपाली जोसग बैक खाता रहेमा बैकबाट वायर गरेर वा डेबिट / केड्रिटकार्डबाट ट्रान्सफर गरेर समेत लगानी गर्न सक्नेछन्।

सगुनमा सम्भावना देखेर हिन्दूस्तान टाइम्सले ५० लाख डलर लगानी गरेको तथा टाइम्स अफ इन्डियाले लगानी गर्ने रुची देखाइरहेको गिरी बताउँछन्। ‘सिलिकनभ्याली (अमेरिका), चीन र भारतमा रहेका इकमर्स कम्पनीका साथै स्टार्टअप कम्पनीमा लगानी गर्ने भेन्चर क्यापिटल कम्पनी र संस्थागत लगानीकर्ताहरुसँग हाम्रो कुरा भइरहेको छ,’ उनले भने, ‘हामी मिनी आइपिओ निस्कासन बन्द हुना साथ ४० वटा ठूला कम्पनीमा आइडिया पिच गर्दैछौं।’

सगुनले मिनीआइपिओ निस्कासन गरेर अहिलेसम्म करिव ५० लाख डलर ( ५५ करोड) रुपैयाँ लगानी जुटाएको छ। ग्लोबल कम्पनी बन्दै गएको स्टार्टअप कम्पनी सगुनमा विश्वभरका ३ हजार ५ सयभन्दा बढी लगानीकर्ताले सेयर खरिद गरेका छन्।  सगुनले अमेरिकी सेक्युरिटि एक्स्चेन्ज कमिसनको अनुमति लिएर गतबर्षबाट मिनी आइपिओ निस्कासन गरेको थियो। अमेरिकाले ल्याएको नयाँ कानुन अनुसार सगुनमा पहिलो पटक सर्बसाधारणले सेयर लगानी गर्ने अबसर पाएका हुन्।

अहिलेको चर्चित फेसबुक, स्टार्टअप चरणका बेला त्यसमा सर्बसाधारणले लगानी गर्न पाउने कानुन थिएन। अमेरिकाले भविष्यमा राम्रो सम्भावना बोकेका कम्पनीलाई लगानी गर्ने बाटो खुलाउन नयाँ कानुन ‘जब्स एक्ट’ ल्याएको छ। त्यहीँ कानुन अन्तर्गत स्वीकृत पाएर सगुनले सेयर निस्कासन गरेको हो। सगुनको सेयर www.sagoon.com/invest मा रहेको इन्भेष्ट फर्म भरेर जोसंग बैक खाता रहेमा बैकबाट वायर गरेर वा डेबिट / केड्रिट कार्डबाट ट्रान्सफर गरेर समेत लगानी गर्न सक्नेछन्। त्यहाँ भएको हेल्प सेक्सनबाट समेत लगानीको जानकारी पाउन सकिनेछ। लगानी गर्दा कुनै समस्या आएका सम्बन्धीत देशका हटलाइनमा समेत सम्पर्क गर्न सगुनले बताएको छ।

हटलाईन टेलिफोन सेवा उपलब्ध गराइएका देश र टेलिफोन नम्बरहरुः
USA                 : 703-291-1212
Europe             : 44-787-564-5133
UK                   : 44-779-551-8228
Qatar               : 974-7072-4251 (6am - 12 pm)
                        : 974-6653-0177  (12pm- 6pm)
                        : 974-7046-5992 (6pm-11 pm)
UAE                 : 971-55-124-9922
Korea               : 010-7644-4848
Canada            : 647-343-9274
Australia           : 61-432-284-615
India                 : 91-9268880202 

यो सेवा सम्वन्धित देशको समय अनुसार बिहान ७ बजे देखि राती ११ बजेसम्म उपलब्ध हुनेछ www.sagoon.com/invest को साइटमा उपलब्ध हुने ‘लाइभ च्याट’बाट पनि सम्पर्क गर्न सकिने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ