arrow

भोडाफोन र आइडिया एक, अम्बानीको  रियलाइन्सलार्इ थप चुनाैती

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
vodafone-idea.jpg

काठमाडौं । भोडाफोन इन्डिया र आइडियाको बीचमा भएको सम्झौताअनुसारको मर्जको लागि भारतको दूरसञ्चार विभागले अनुमति दिएको छ । यससँगै भोडाफोन इन्डिया र आइडिया सेलुअर आधिकारिकरुपमा मर्ज हुने भएका हुन् । 

भारतीय अधिकारीहरुले दिएको जानकारीअनुसार दुवै कम्पनीहरुले भारतको सरकारलाई आवश्यक पर्ने दस्तुर बुझाएसँगै यो सम्झौतालाई अनुमति प्रदान गरिएको हो । 

दूरसञ्चार कार्यालयका एक वरिष्ठ अधिकारीले यो सम्झौतालाई आधिकारिकता दिनको लागि कम्पनी रजिस्टारको कार्यालयमा पठाइएको बताएका हुन् । 

मर्जपछि संयुक्त कम्पनीको नाम भोडाफोन आइडिया रहने बताइएको छ । यससँगै यो भारतको सबैभन्दा ठुलो मोबाइल फोन कम्पनी बन्ने भएको छ । यससँगै यो कम्पनीलाई मुकेश अम्बानीको रिलायन्स जियो इन्फोकम कम्पनीसँग प्रतिस्पर्धाको लागि महत्वपूर्ण सहयोग पुग्नेछ । 
अम्बानीको कम्पनीले अहिले उल्लेख्यरुपमा फ्रि कल र निकै सस्तो डाटाहरु प्रदान गर्दै आएकोले भारतको उसको बजार बलियो अवस्थामा छ । सन् २०१६ मा बजारमा रिलायन्स जियोले आफ्नो सेवा सुरु गरेसँगै आइडियाले आफ्नो त्रैमासिक विवरणमा लगातार गिरावटको सामना गर्दै आइरहेको छ । 

सन् २०१७ को मार्च महिनामा दुई कम्पनीहरुको बीचमा यस किसिमको सम्झौता भएको थियो । सम्झौतासँगै यो कम्पनीले अहिले भारतमा सबैभन्दा ठुलो दूरसञ्चार कम्पनी भारती एयरटेललाई पनि पछि पार्नसक्ने बताइएको छ । साथै उसको समग्र प्रयोगकर्ताको संख्या ४३ करोड ८८ लाख पुग्नेछन् । 

आइडियाको त्रैमासिक विवरण सार्वजनिक हुनुभन्दा केही दिनअघि यस्तो निर्णय आएको हो । यो समाचारसँगै आइडिया सेलुअरको सेयरमा ४ प्रतिशतको वृद्धि भएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ