सर्वत्र आलोचनापछि इन्टरनेटमा बढेको शुल्क घटाउन ओली सरकार बाध्य

पहिले तिरेकै शुल्कमा इन्टरनेट पाइने

प्रकाशित मिति : २०७५ श्रावण १० बिहिबार
फाइल तस्विर

काठमाडौं। सर्वत्र आलोचनापछि इन्टरनेटको बढेको शुल्क घटाउन प्रधानमन्त्री केपी शर्मा ओली सरकार बाध्य भएको छ ।

सञ्चार मन्त्रालयमा बिहिबार भएको वार्तामा इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीच पूरानै मूल्य कायम गर्ने सहमति भएको हो ।

इन्टरनेटको मूल्य  बढाएपछि प्रधानमन्त्री ओलीको सर्वत्र आलोचना भएको थियो ।  साउन १ देखि इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने गरी व्यवस्था गरिएको थियो।

ब्यान्डविथ र ‘फिक्स्ड वायर्ड ब्रोडब्यान्ड’को अध्ययनपछि इन्टरनेट सेवाको मूल्यमा कुनै वृद्धि नगर्ने निर्णय भएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ