arrow

नफुट्ने कर्भ स्क्रिन ल्याउँदै सामसुङ

logo
प्रकाशित २०७५ साउन ११ शुक्रबार
samsung.png

काठमाडौं । सामसुङ कम्पनीले नफुट्ने र कर्भ गर्न सकिने स्क्रिन ल्याउने तयारी गरेको छ । कम्पनीले दिएको जानकारीअनुसार कम्पनीले कर्भ हुनसक्ने ओएलईडी प्लानलको स्क्रिन ल्याउने निर्णय गरेको हो । कम्पनीले उक्त प्यानल अमेरिकामा सफल परीक्षणपछि आफ्ना स्मार्टफोनहरुमा ल्याउन लागेको हो । 

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार त्यस किसिमका ओएलईडी प्यानलहरु विद्युतीय उपकरणहरुमा प्रयोग गर्न सकिने बताइएको छ । अहिले सिसाकोले ढाकिएका कर्भ विन्डोजहरु टुट्ने गर्छन् तर यो समस्या नयाँ प्यानल आएसँगै समाप्त हुने बताइएको छ । 

सामसुङ डिस्प्ले कम्पनीका म्यानेजरले बोकेर हिँड्ने विद्युतीय डिभाइहरुका लागि प्लास्टिकको विन्डोज ठिक हुने बताए । यसको नटुट्ने, हल्का हुने, प्रकाश सहजै बाहिर आउने जस्ता विशेषताहरुको कारण यो विन्डोज सही हुने उनको भनाइ छ । अमेरिकामा गरिएको परीक्षणको क्रममा उक्त प्यानलले ७१ डिग्री सेल्सियसदेखि माइनल ३२ डिग्रीसम्मको तापक्रममा विना कुनै खराबी काम गर्ने बताइएको छ । 

अब आउने उसका लचिला स्मार्टफोनहरुमा यो प्रविधिको प्रयोग हुनसक्ने विश्लेषकहरुले बताएका छन् । त्यसका साथै पट्याउन मिल्ने किसिमको स्मार्टफोन निर्माणको क्रममा रहेको कम्पनीका लागि यो प्रविधि सहायक सिद्ध हुनसक्ने बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ