arrow

दुई तिहाइको दम्भबाट ननिस्किए केपीको हालत राजाको जस्तै हुने शेखरको चेतावनी

logo
प्रकाशित २०७५ साउन ११ शुक्रबार
shekhar-Koirala.jpg.jpeg

भैरहवा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिभिन्न समयमा पार्टी छोडेर अन्य दलमा गएका नेता एवं कार्यकर्तालाई  कांग्रेसमा फर्कन आग्रह गरेका छन् । डा. कोइरालाले मुलुक सर्बसत्ताबादतर्फ अगाडी बढेकाले बिगतमा गरिएका आन्दोलनका उपलब्धीहरु गुम्ने खतरा रहेको बताएका छन् ।

 डा. कोइरालाले भने-"मुलुक र प्रजातन्त्रका लागी लड्नुभएका साथीहरु पार्टीमा फर्कनोस।बिगतमा हामीबाट पनी कमि-कमजोरी भए होला। मुलुक र प्रजातन्त्र अहिले संकटमा परेको छ। कम्युनिष्टका बिरुद्ध ति साथीहरुको आवश्यकता  अपरिहार्य रहेको छ। तपाईहरुको राजनितीक भविष्यको जिम्मा हामी लिन्छौं।"

सरकार दुईतिहाईको दम्भबाट बाहिर ननिस्के उसको हालत पनि राणा र राजाकै जस्तो हुने चेतावनी दिए ।  नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको "वृहत कार्यकर्ता भेला" लाई संबोधन गर्दै डा. कोइरालाले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आयोगबाट स्विकृती लिएर गरेका नियुक्ती बदर गरेर सरकार मुठभेडमा उत्रिएको बताए ।

कार्यक्रममा कांग्रेस ईलामका सभापती- हिमालय कर्माचार्य, बर्दियाका सभापती- संजय गौतम, रुपन्देहीका सभापती- अब्दुल रज्जाकले आफ्नो मन्तब्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ