arrow

सबैले हेर्ने पर्ने भजन बुढेसकालैमा सार्वजनिक

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
bhajan-elder-citizen.jpg

काठमाडौं। समाजको यथार्थ घटनालाई टपक्कै टिपेर जनता डिजिटलले बुढेसकालैमा नामक भजन सार्वजनिक गरेको छ।

छोरा छोरी विदेश पलाएन हुने र बुढा बावु आमा घरमा एक्लै दुखी जीवन कटाउनुपर्ने नेपाली समाजको तीतो यथार्थलाई भजनमा उतारिएको छ ।

चर्चित संगीतकार केशव सापकोटाको संगीत, तिर्थ सापकोटाको शब्द स्वर रहेको गीतमा महिला आवाज सुष्मा सापकोटाको रहेको छ ।

छोरा भए बुहारीलाई, कृष्ण भजन, धर्म संस्कार जस्ता यस अघीका गीतको सफलताबाट हौसिएको जनता फिल्मसले यो भजन पनि राम्रो चल्ने अपेक्षा गरेको छ ।  

भजनकोे म्युजिक भीडीयोमा साजन पराजुलीको निर्देशन, मुकेश हुमागाँईको छायाँकन, अमृत चापागाईको सम्पादन, केशव सापकोटा, तिर्थ सापकोटा, शुष्मा सापकोटा, साजन पराजुली, यशोधा सापकोटा, सायरा शर्मा आदीले अभिनय गरेका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ