arrow

प्रधानमन्त्रीलाई शेखरको प्रश्न : दुइ तिहाइको सरकार पनि कति निरिह हो ?

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन १२ शनिबार
shekharss.jpg

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बर्तमान सरकार निकै निरिह देखिएको दाबि गरेका छन् । ‘बहुमत सहितको ओली जी नेतृत्वको सरकार किन कमजोर ढंगबाट चलिरहेको छ, सरकार गल्ती गर्दैछ यस्लाइ सामना गर भन्नु कहा सम्मको निरिहता हो ।’ उनको प्रश्न छ ।

मन्त्री र सांसदलाइ राखेर प्रधानमन्त्रीले सरकारको प्रतिरक्षा गर भनेर उर्दी जारी गर्नु बिडम्बनापूर्ण रहेको उनको भनाइ छ ।सरकार संबिधान बिपरित संचालन भैरहेको भन्दै उनले संबिधानलाई कुल्चेर अघि बढ्ने छुट कुनै सरकारलाइ नभएको प्रष्ट पारे । रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा कोइरालाले सरकारले एकदलिय शासन चाहिरहेको प्रष्ट पारे ।

‘मुर्दा शान्ति र मुर्दा बिकास लोकतन्त्रमा हुन सक्दैन यसरी मुलुकमा समृद्धि आउदैन लोकतन्त्रमा बिरोध गर्न पाइन्छ,सत्याग्रह गर्न पाइन्छ’कोइरालाले भने–कोइराला भन्छन्—‘ हामी छौं संसदीय ब्यबस्थामां,तर सत्तापक्षका सांसदहरुले ५ बर्षको म्यान्डेड पूरा गर्न दिनुस् समृद्धि र बिकास ल्याउछौं भन्नुभएको छ,त्यसोभए त प्रतिपक्ष नै चाहिएन  नी ।’

कांग्रेसका केन्द्रिय सदस्य समेत रहेको उनले कांग्रेसलाइ पुरानै अबस्थामा फर्काउन जरुरी रहेको बताए । ‘ओली जीले संबिधानमा कमा र फुलस्टप पनि फेरिन्न भन्ने मान्छे, उपेन्द्र यादब संबिधान नै पुरै फेर्ने भन्ने अनि प्रचण्ड कार्यकारी राष्ट्रपति चाहने मान्छे सबै सरकारमा छन् यो कसरी कहाबाट मिलेको हो अचम्म लाग्छ ’ उनले सुनाए ।

सरकारले  नेपाली संचार जगतको पनि घांटी न्याक्न खोजेको भन्दै उनले पत्रकारले प्रश्न सोध्दा कार्यक्रम नै रद्ध गर्ने मिल्छ उनको प्रश्न छ । उनले सरकारले प्रेश स्वतन्त्रतामाथि पनि नपत्याउने किसीमले अंकुश लगाउन थालेको बताए । कांग्रेसका निरास कार्यकर्तालाइ उर्जा थप्न आफु जिल्ला जिल्लामा हिडीरहेको भन्दै उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएको बताए । ‘रेजिमेन्टेड पार्टीमा आज माधब नेपाल,प्रचण्ड,झलनाथ कहा हुनुहुन्छ तपाइहरुलाइ थाहा छ,अब ओली बोलेपछि सकियो ।’ मंसिरमा पानी जहाज चढ्ने भन्ने ओलीलाई आफुलाइ पनि चढाउन आग्रह गरे ।

कांग्रेसको बिषयमा कुरा गर्दै उनले भने –‘ हाम्रो लोकतान्त्रिक पार्टी हो ,बिबाद र फरक बिचार राख्न पाइन्छ यसैगरि चल्छ ।’तपाई नेतृत्वको दाबेदार हो भन्ने प्रश्नमा उनले भने –‘कार्यकर्ताले माया गरे भने जहा पुर्याउंछन् जान तयार छु । कहिले दाइले भाइलाइ छोड्न तयार हुनुपर्छ कहिले भाइले दाइलाइ । ’

रिपोर्टर्स क्लव प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ