arrow

जिल्ला अस्पताल पाँचथरमा रहँदा नेपालले के के काम गरे ?

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
panchtar-hospital.jpg

पाँचथर ।  जिल्ला अस्पताल विकास समिती पाँचथरको अध्यक्ष दिपक नेपालको आफनो कार्यकाल सकिएको छ । गत ०७५ आषाढ ३२ गतेको निर्णय अनुसार पाँचथर अस्पातल बिकास समिती गठन आदेश २०६२ तथा अस्पताल व्यवस्थापन समिती कार्यबिधी २०७३ समेत खारेज भएको र नेपाल सरकार ( सचिव स्तरिय ) को ०७५ श्रावण ६ गतेको निर्णय अनुसार नेपालको समयअवधि सकिएको हो ।

नेपालले अस्पतालमा डेढ वर्षको अवधिमा महत्पूर्ण र उल्लेखनिय काम गरेको सरोकारवालाहरु वताउँछन् ।उनले अस्पताल परिषर र भित्र सरसफाई अभियाननै संचाल गरी अस्पतालको मुहार नै फेरिदिए । फिदिम नगरपालिकाको सहयोगमा ओपिडी सेवालाई पूर्ण नि:शुल्क भएको छ ।

 उनले नवजात शिशुका लागि अलग वाडको ब्यवस्था,एक्सरे रुमलाई हजाड मुक्त बनाउने,विभिन्न संघ संस्था बाट विरामीलाई ओड्ने ओछ्याउने कपडा उपलब्ध गराए । अस्पतालबाट वितरण हुने औषधीहरु १० प्रतिशत छुटमा उपलब्ध गराउने प्रवन्ध मिलाए ।

 विरामी र कुरुवाका लागि अस्पताल स्टाफहरुलाई समेत सुविधा पुग्ने गरी चमेना गृहको निर्माण भएको छ । ५० शैया अस्पतालको भवनको काम दु्रत गतिमा अघि वढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ