arrow

फोनमा नेटवर्क अाउँदैन ? यसरी बढाउनुहोस् सिग्नल

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
smartphones1.png

काठमाडौं । कहिलेकाँही स्मार्टफोनहरुमा नेटवर्कको राम्रो सिग्नल आउँदैन, जसको कारण कल तथा इन्टरनेटमा समस्या हुन्छ । त्यसैले स्मार्टफोनमा नेटवर्क भइरहनु जरुरी हुन्छ । त्यसका लागि निम्न उपायहरु  महत्वपूर्ण साबित हुनसक्छन् – 

१. स्मार्टफोनको नेटवर्क ब्लक गर्ने चिजहरु हटाइदिने 

स्मार्टफोनमा हुने रियर कवर तथा अन्य नेटवर्क आउनबाट रोक्ने चिजहरु हटाउँदा नेटवर्क राम्रो आउँछ । साथै फोनलाई समाउँदा पनि नेटवर्कलाई कुनै असर नहुने किसिमले समाउनुपर्छ । 

२. फोन र नेटवर्कको बीचको दूरी कम राख्ने प्रयास गर्नु

नेटवर्क र स्मार्टफोनको बीचमा कमभन्दा कम बाधाहरु हुनु राम्रो हुन्छ । यसले सुरुमै नेटवर्क कमजोर हुन्छ । जसका लागि बन्द स्थानभन्दा खुला स्थानमा बस्नु राम्रो हुन्छ । 

३. ब्याट्रि बचाउनु 

स्मार्टफोनको ब्याट्रि जति धेरै भयो नेटवर्क पनि त्यति नै राम्रो हुन्छ । यदि स्मार्टफोनको ब्याट्रि नै कम छ भने नेटवर्कको सिग्नल खोज्दैमा धेरै ब्याट्रि खर्च हुन्छ, त्यसैले नेटवर्क राम्रो आउँदैन । यस्तोमा ब्याट्रि बचाउनका लागि ब्लुटुथजस्ता कनेक्टिभ एप्सहरु बन्द गर्नुपर्ने हुन्छ । 

४. सिमकार्डको जाँच गर्नु

स्मार्टफोनमा लामो समयसम्म राख्दा कहिलेकाँही सिमकार्ड पनि जाम हुनसक्छ । यसले पनि राम्रो नेटवर्क नदिन सक्छ । स्मार्टफोनलाई जति बचाए पनि त्यसभित्र केही न केही मात्रामा धुलो अवश्य जम्मा हुन्छ । त्यसैले सिमकार्डलाई बेलाबेलामा परीक्षण गरिरहनु जरुरी हुन्छ । 

५. ४जी सेवा बन्द गर्नु 

कमजोर नेटवर्क भएको समस्यामा स्मार्टफोनमा राम्रोसँग इन्टरनेट चल्दैन । यस्तोमा २जी वा ३जी सेवा मात्र चलाउनाले राम्रो इन्टरनेट सेवा लिन सकिन्छ । अन्यथा स्मार्टफोनले आफ्नो प्राथमिकतामा रहेर कुन सेवा लिने भन्ने कुराको निर्णय गर्छ, जसले इन्टरनेटमा केही समस्या आउन सक्छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ