arrow

क्युबासँगको सम्बन्ध विस्तार गर्दै फ्रान्स

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
franch-cuba.jpg

हवाना। फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ड्रायनले यसै सप्ताहान्तमा क्युबाको भ्रमण गरेका छन्। यस भ्रमणलाई क्यारेबियन राष्ट्र क्युबासँगको सम्बन्ध विकासका लागि फ्रान्सले पहलको रुपमा लिइएको छ। विदेशमन्त्री ड्रायन गत शनिबार क्युबाको राजधानी हवाना आएका थिए। उनले क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलसँग औपचारिक भेटवार्ता गरेका थिए।

क्युबामा गत अप्रिलमा भएको राष्ट्रपतीय निर्वाचनपछि युरोपेली मुलुकबाट पहिलो भ्रमणमा फ्रान्सेली विदेशमन्त्री क्युबा गएका थिए। क्युबाको सरकारी टेलिभिजन एनटिभीको एक कार्यक्रममा फ्रान्सेली विदेशमन्त्री ड्रायन र क्युबाली राष्ट्रपति कनेलबीच सौहार्दपूर्ण रुपमा वार्ता भएको जनाइएको छ।

उनीहरुले सो भेटवार्ताका क्रममा दुई देशको सम्बन्ध विस्तार र विकासका साथै आगामी दिनमा पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने विषयमा कुराकानी गरेको सो टिभीले जनाएको छ।

फ्रान्सेली कम्पनीहरुले क्युबाको उर्जा, यातायात र निर्माणका क्षेत्रमा पछिल्लो समयमा लगानी बढाएका छन्। सो विषयमा उक्त भेटवार्तामा कुराकानी भएको र दुवै पक्षले यस कार्यको प्रशंसा गरेको पनि समाचारमा जनाइएको छ। एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ