arrow

पिताजीको पुण्य स्मृतिमा

logo
मोहन सिटौला
प्रकाशित २०७२ माघ २९ शुक्रबार
hari-charan-sitoula.jpg.jpeg
हरे राम ! नयाँ धामतिर जप्नु छ शून्यमा,
रित्तिंदै, रित्तिंदै बिन्दु विलेर उड्छ व्योममा
चढेर वायुको यान, मान छोडेर लोकमा 
र–साइ लोकमा अम्बू स्निग्ध, पवित्र, निर्मल
णकार वर्णका शब्द जस्तै विरल, दुर्लभ !
सिञ्चिई प्यारका बाग, चुमेर फूलका कली 
टौवा जस्ता दुःखी छाप्रा, रुग्ण संस्कृति सभ्यता 
लाई सफा गराएर, सुधारेर ती भन्दथे 
‘प्रतिभा दुःखमा हुन्छ प्रष्टिन्छ अनुकूलमा’
तिर्थालु तिर्षना राखी पुग्थे गरीब द्वारमा।
श्रद्धा, मायाँ र सौहार्द गरीब, धनवान् सखा 
अञ्जली आद्र अर्पिन्छन्, प्रकृति नै रसाउँछ।
 
 
हरिचरण सिटौलाः नामको सार्थकता
कपिलमुनि सिटौला
— स्ति थियौं समाजका, छाता थियौ परिवारका, तिमी सच्चा सेवक राष्ट्रका
रि—पु मर्दनमा शक्ति थियौ, मित्रतामा भक्ति मात्र थियौ, इमान्दार हृदयका  
—न्द्रमाकोजस्तो शीतलता थियो,सूर्यकोजस्तो किरण, नाम, सुवास प्रकाशित
—णभूमि थियो तिम्रो जीवन, पीठ कहिल्ये फर्काएनौ, न्यायको चेतना आभाषित
—कार जस्तै पवित्र अन्तस्करण, नशानशामा थियो विकाश, शिक्षाको ज्योति फिंजायौ
सि—मल भूवाजस्तो नरम स्वभाव,सीता—ताराजस्ता पत्नीकासाथ पायौ, जिन्दगीमा रमायौ 
टौ—वाबाट धेरैलाई स्वच्छ ,समृद्ध घरघरमा बसायौ, सवैका लागि लाखलाख सम्झना भयौ 
ला—खौं तारामा ध्रूवतारा भयौ, लाखलाख वन्दना, अश्रुअञ्जली, हार्दिक श्रद्धाञ्जली भयौ !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ