arrow

फुटबल प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
nepal-coach-koji.jpeg

काठमाडौं । ‘ओभर स्टे’ को आरोपमा गृह मन्त्रालयले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशन गरेको छ। 

अध्यागमन विभागले जापानी नागरिक कोजीको भीसाको म्याद गुज्रिसकेपछि पनि नेपाल बसेको पाएपछि बुधबार उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउने निर्णय गरेको हो। कोजी अब सन् २०१९ को जनवरीमा मात्र नेपाल प्रवेश गर्न पाउँछन्। कोजी शुक्रबार जापान फिर्ता हुँदैछन्।

सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको भीषा ब्यवस्थानका एन्फाले चासो नदिँदा यो अवस्था आएको हो।

उनी श्रम स्विकृती बिनै फुटबल टोलीको प्रशिक्षकका रुपमा काम गरिरहेका थिए। एन्फाले कोजीको भीसा व्यवस्थापन गर्न नसक्नुमा गम्भीर कमजोरी देखिएको छ। कोजीले २०१८ का लागि गत जनवरी १७ मा पर्यटक भीसा लिएका थिए।

कुनै पनि विदेशी नागरिक एक भीसा वर्षेमा १ सय ५० दिन मात्र पर्यटक भीसामा नेपाल बस्न पाउँछन्। कोजी दुई वर्षअघि पर्यटक भीसामा नेपाल आएका थिए। अध्यागमन ऐनको बर्खिलाप गर्दै कोजी ९ दिन ‘ओभर स्टे’ बसेको स्रोतले जनाएको छ। अध्यागमन नियमावली २०५१ मा पर्यटकलाई एक भीसा वर्षमा बढीमा पाँच महिनाका लागि मात्र भीसा दिइने उल्लेख छ। (अन्नपूर्ण पोष्टबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ