arrow

म्युजीक आर्ट ग्यालरी क्याफेमा आरजुको चित्रकला प्रदशनी

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
aarju1.jpg

काठमाडौं । मन देखि लगाव भए केही काम गर्न समय र पैसाले रोक्दैन । आरजु संजेलले लण्डनबाट २ वर्ष अघि एसीसीए पास गरेर स्वदेश मै केही गर्छु भनी आइन । आफ्नो कामको बाबजुद समय निकालेर आफ्नो इच्छा अनुसार चित्रकला सम्बन्धी विषयमा रुची राखेर उनले आफ्नो कलाको क्षमता बृद्धिको लागि सर्मपन गरेकी हुन् ।

उनि कलाको यात्राले आफुलाई नै पहिचान गरेको बताउछिन । हरेक कलामा एक जिवन्त लुकेको हुन्छ । एक युट्युब च्यानल समेत संचालन गरेकी उनको सो च्यानलमा वाइट कलर  गरेका कलाको भिडियो छन् । यस प्रदशर्नीमा विभिन्न रंग प्रयोग गरिएको उनी बताउछिन । उनले चित्रकलाको लक्ष्य आफ्नो रुचिलाई सबैले महत्व दिनुपर्छ भन्ने बताउछिन् ।

उनले लण्डनमा अध्ययनको सिलसिलामा रहदा समेत नर्थहोल्ट लाईवेरीमा आफ्नो चित्रकला सफलताको साथ प्रदशर्नी गरेकी थिइन । चार्टर्ड एकाउण्टेन्ट अध्ययनको साथै चित्रकलामा पनि उनले अभिरुची राखेर मानिसले चाहेमा जे पनि गर्न सक्छ भनी उदाहरण प्रस्तुत गरेकी थिइन् ।

म्युजीक आर्ट ग्यालरी क्याफेमा  श्रावण १८ र १९ गते हुने चित्रकला प्रदर्शनीमा आरजुले सय दिन भित्र कोरिएका चित्रकलाहरुलाई प्रदर्शनी गरिएको बताइन् । साथै उक्त चित्रकला बिक्रीबाट प्राप्त हुने सम्पूर्ण आम्दानी अशाय तथा अनाथ बालबालिको लाई सहयोग गर्ने बताइन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ