arrow

राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित भए अबैध

logo
प्रकाशित २०७५ साउन २० आइतबार
sanghiya-samsad.png

काठमाडौं । चालु अवस्थामा रहेको राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने राष्ट्रिय सभा नियमालवीमा उल्लेख गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद–२ मा ‘राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन’ सम्बन्धी व्यवस्था गरिएको छ । 

नियमावलीको नियम ६ मा रहेको ‘बैठकको सञ्चालन र स्थगन’ सम्बन्धी प्रावधानमा लेखिएको छ– ‘सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेका बाहेक एउटा बैठक बस्ने अवधि र अर्को बैठक बस्ने अवधिबीचको फरक सात दिनभन्दा बढी हुने गरी तोकिने छैन । राष्ट्रियसभाको बैठक सामान्यतया ११ बजे र प्रतिनिधिसभाको बैठक सामान्यतया १ बजे बस्ने छ ।’

राष्ट्रियसभाको बैठक प्रायःजसो धेरै दिनको अन्तरमा नै हुँदै आएको छ । साउन १ गते बसेको बैठक ८ गतेसम्म स्थगित भयो, ९ गते बसेको बैठक १६ गतेका लागि आव्हान गरिएको थियो । ८ गते पनि सत्ता र प्रतिपक्षीको जुहारीका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन, भोलिपल्ट पनि नेपाली कांग्रेसका सांसदहरुले पछिल्ला घटनाक्रमका बारेमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।

राष्ट्रियसभालाई माथिल्लो सदन भनिन्छ र प्रतिनिधिसभा तल्लो सदन भन्ने गरिएको छ । प्रतिनिधिसभाले गरेका काम कारबाहीलाई राष्ट्रियसभाले अनुगमन, मूल्यांकन गर्दै सुझाव दिने काम गर्दछ । तर प्रतिनिधिसभामा भने एक र अर्को बैठक सञ्चालनबीचको अवधि नतोकिएको राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद लक्ष्मणलाल कर्णले बताए । (नेपाल समाचारपत्रबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ