arrow

अस्पतालको वेथिति विरुद्ध उत्रियो नेविसंघ

logo
प्रकाशित २०७५ साउन २० आइतबार
nsu-siraha-hospital-gyapan.jpg

सिराहा। राम कुमार उमा प्रसाद शारदा स्मारक अस्पताल लहानमा चरम भ्रष्टाचार र लापरबाही भएको भन्दै नेपाल विद्यार्थी संघले विरोध गरेको छ। 

नेबिसंघ सिरहाले आइतवार अस्पताल प्रसासनमा नौ बुँदे ज्ञापन पत्र समेत बुझाएको छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिल कुमार कुशवाहलाई ज्ञापन पत्र दिदै नेविसंघले १० दिन भित्र माग पूरा नभए भने कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ। 

नेविसंघका सहमहामन्त्री परमेश्वर साहको नेतृत्वमा गएको प्रतिनिधीमण्डमा नेविसंघ सिरहाका सभापति मो मुस्ताक लगायत विद्यार्थिहरु थिए। 

विद्यार्थीहरुले अस्पताल मा २४सै घन्टा फार्मेसी खुल्नु पर्ने, बन्द रहेको एक्सरे सेवालाई २४ सै घन्टा सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन्।

त्यसैगरि भिडियो एक्सरे सेवा अस्पतालमा सञ्चालनमा नल्याइ डा सुशिला सिंहको श्रेया पोलिक्लिनिकमा पठाउन बन्द गर्नुपर्ने, १०बजे देखि ३ बजेसम्म अस्पतालमा डाक्टरहरूले समय दिनु  माग पनि विद्यार्थीहरुले गरेका छन्। 

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिल कुमार कुशवाहले आफ्नो क्वाटरमा ५लाख भन्दा बढी पैसा दुरुपयोग गरेको आरोप पनि विद्यार्थीहरुको छ। 

विद्यार्थीहरुले बेथितिको अन्त्यको माग गरेका छन्। यसअघी नगरपालिकाले सडकको फोहोर नउठाएको भन्दै नेविसंघले सडकको फोहोर उठाएर नगरपालिका कार्यालय परिसरमा लगेर खसालिदिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ