arrow

लुट कुट, मार पिट, माना पाथी तिम्रो सरकार 

logo
बद्री भट्टराई,
प्रकाशित २०७५ साउन २० आइतबार
badri-bhattarai.jpg

लुट कुट, मार पिट, माना पाथी तिम्रो सरकार 
आफ्नै सन्तान खरानीमा यहि रहेछ तिम्रो संस्कार 

ठेला, गाडा, रिक्सा टाँगा, पसिनाको कमाई तितो  
रेल, मेट्रो, हावा ग्यास, यहि रहेछ सपना मिठो 
लुट कुट, मार पिट,  माना पाथी तिम्रो सरकार 
आफ्नै सन्तान खरानीमा यहि रहेछ तिम्रो संस्कार 

नाला, कुवा , ढुङ्गेधारा, पुर्दै हिड्यो मेरो साथी   
धुवाँ, धुलो, सडकमा सुख्खा मुहान छाति माथी
लुट कुट, मार पिट,  माना पाथी तिम्रो सरकार 
आफ्नै सन्तान खरानीमा यहि रहेछ तिम्रो संस्कार

आधा जीवन विदेशमा, आधा झण्डा, पर्चा मुनी 
बन्दुक छुट्यो, घर टुट्यो टुहुरो भो जिन्दगानी
लुट कुट, मार पिट,  माना पाथी तिम्रो सरकार 
आफ्नै सन्तान खरानीमा यहि रहेछ तिम्रो संस्कार 

मुर्दाबाद !  जिन्दावाद ! लाठि मुङग्रा आफै माथी 
खनजोत खेतीबार, भुल्दै डुल्यौ शहर साथी
लुट कुट, मार पिट,  माना पाथी तिम्रो सरकार 
आफ्नै सन्तान खरानीमा यहि रहेछ तिम्रो संस्कार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ