arrow

किताबीसंगै व्यवहारिक शिक्षा दिँदै टेक्सस कलेज

दुई सयबाट ३५ सय विद्यार्थी

logo
प्रकाशित २०७५ साउन २० आइतबार
texas-international-college.jpg

काठमाडौं। कक्षा १२ को नतिजा बिहिबारमात्र सार्वजनिक भएको छ। स्नातक तह चौथो वर्षको परीक्षाको नतिजा अाइसकेकाे छ। विद्यार्थीहरुका लागि अब कुन विषय कुन कलेजमा पढ्ने भन्ने चिन्ताले छोइसकेको छ । यस्तोमा काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न कलेजहरुले विद्यार्थीहरु आफूतिर आकर्षित गर्नका लागि प्रचारप्रसारको काम थालिसकेका छन् । 

नेपालमा प्लस २ लेभलमा सबैभन्दा धेरै पढिने संकाय मध्येको एक हो व्यवस्थापन । व्यवस्थापन पढ्ने विद्यार्थीहरुको रोजाइ स्नातकमा बीबीएमा धेरै हुने गरेको छ। जसको कारण अहिले बीबीए र एमबीए अध्ययन गर्न चाहने विद्यार्थीहरु उल्लेख्य छन् । 

यस्तोमा काठमाडौंको सिफलमा रहेको टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले पनि बीबीए र एमबीएका लागि भर्ना कार्यक्रम सुरु गरिसकेको छ। मलेसियामा अवस्थित लिंकन युनिभर्सिटीको सम्बन्धनमा टेक्सस कलेजले बीबीए तथा एमबीएका कक्षाहरु सञ्चालन गरिरहेको छ। 

मलेसियाको लिंकन युनिभर्सिटी अधिकतम ६ स्टारमा ५ स्टार हासिल गर्न सफल युनिभर्सिटी हो। 

बीबीए र एमबीए अध्ययन गर्ने विद्यार्थीहरुले अन्य संकायहरुको पनि ज्ञान हासिल गर्ने भएकोले यो संकाय निकै महत्वपूर्ण रहेको टेक्सस कलेजका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल बताउँछन्। अन्य संकायका केही कुराहरु पनि यसमा मिसिने भएकाले सबै क्षेत्रलाई यसले नेतृत्व दिनसक्ने उनीहरुको भनाइ छ। पोखरेल भन्छन, ‘अहिलेको अवस्थामा नेपाल विकास तथा समृद्धिको दिशामा अघि बढिरहेको छ, यसलाई पूरा गर्नको लागि पनि महत्वपूर्ण भूमिका बीबीए र एमबीएले ओगटेको छ।’

टेक्सस कलेज मुलुकको लागि व्यवस्थापनको क्षेत्रमा नेतृत्व दिनसक्ने जनशक्ति उत्पादनको लागि अघि बढिरहेको कलेजका कोर्डिनेटर दीपक बास्तोलाले बताए। ‘टेक्कस कलेजले अध्ययन गरेका विद्यार्थीहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताका हुनको साथै युनिभर्सिटीको पाठ्यक्रम पनि अहिलेको समाजको आवश्यकता अनुसारको रहेकोले अध्ययनको क्रममा गुणस्तरीय शिक्षा पाउछन्’, बास्तोला भन्छन्।

Image may contain: 1 person, sitting

 

 

 

 

 

 

 

 

 

 

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरुमा अध्ययन गर्न पाउने गरी नाम निकालेका विद्यार्थीहरु पनि गुणस्तरीय शिक्षाको खोजीमा टेक्सस आउने गरेको उनको भनाइ छ। २०६८ सालमा प्लस टु लेभलमा २ सयको हाराहारीमा विद्यार्थीबाट सुरु गरेको टेक्सस कलेज अहिले आठ वर्षको अवधिमा मोन्टेश्वरी, स्कुल, प्लस टु, बीबीए, एमबीए, बीएसडब्ल्यू, बीएस्सी सीएसआईटी, बीए, बीबीएस, एमबीएस, बीअाईटीलगायतका संकायहरुमा उल्लेख्य विद्यार्थीहरुलाई अध्यापन गराइरहेको छ। 

अहिले टेक्ससमा ३ हजारको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन्। टेक्ससमा अध्धयन गरेका मानिसहरु विभिन्न क्षेत्रको उच्च अाेहदामा पुगेको र अहिले अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पनि बजारमा प्रतिस्पर्धाको लागि योग्य बनाएर पठाउने गरेको कलेजका सिईओ पोखरेल बताउँछन् । विद्यार्थीहरुलाई भविष्यमा पेशागत हिसाबमा पनि फाइदा पुग्ने अभ्यासहरु गराउँदै अघि बढिरहेको उनको भनाइ छ।

भौतिक हिसाबमा पनि टेक्सस कलेज सम्पन्न रहेको बास्तोलाले बताए। अहिले ८० कम्प्युटरसहितको कम्प्युटर ल्याब, आवश्यक किताबहरु निःशुल्क प्रदान गरिने पुस्तकालय रहेको र त्यहाँ बिद्यार्थीले इन्टरनेटबाट खोजी गरेर पनि पढ्न सक्ने किसिमको वातावरण निर्माण गरिएको उनी बताउँछन् । साथै युनिभर्सिटीले पनि पढाइका लागि निश्चित मापदण्ड तोकेर अनुगमन गर्ने गरेको र पढाइको मामिलामा कुनै पनि सम्झौता नगरिने बास्तोलाको दाबी छ। 

Image may contain: 1 person, sitting

कलेजमा योग्य तथा अनुभवी शिक्षकहरुले अध्यापन गराइरहेको कारण पनि आफ्ना विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेको छ। कलेजले किताबमात्र नपढाई जीवन र समसामयिक कुराहरुको ज्ञान पनि दिने भएकोले बजारमा टेक्ससका विद्यार्थीहरु प्रतिस्पर्धाको मामिलामा निकै अगाडि रहेको कलेजको भनाइ छ।

कलेजले पूर्णरुपमा दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा दिने गरेको पोखरेलको भनाइ छ। कलेजमा एकपटक शुल्कको विषयमा कुरा भइसकेपछि कुनै पनि किसिमको अनावश्यक शुल्क जोडी विद्यार्थीहरुलाई थप अार्थिक भार नपारिने र अध्यापनको हिसाबमा पनि कुनै कमजोरी नहुने भएकाले आफ्ना विद्यार्थीहरु निकै सन्तुष्ट रहेको उनी बताउँछन्।

लिंकन युनिभर्सिटीबाट सम्बन्धन पाएको टेक्सस कलेजमा अध्ययनरत विध्यार्थीले अमेरिका, बेलायतसमेत गरी विश्वका ३० वटा देशका सयौं युनिभर्सिटी अन्तर्गत रहेका विभिन्न कलेजमा समेत क्रेडिट ट्रान्सफर गर्न सकिने हुदाँ अध्ययनको बीचमा अन्य देशमा गएर पढ्नसमेत सकिने छ। 

यस कलेजबाट ग्रयाजुएशन गरिसकेपछि नेपाली तथा अन्तर्राष्ट्रिय श्रम बजारमा सजिलै जागिर पाइने साथै रोजगारीको हिसाबमा पनि विद्यार्थीहरुलाई अनुभव तथा अभ्यास होस् भन्ने हिसाबले कलेजले आफ्नै जागिरको विभिन्न प्लेटफर्महरुको समेत सिर्जना गरेकोले विद्यार्थी ढुक्कसाथ टेक्सस कलेजलाई अध्ययनका लागि रोज्न सक्ने कलेजले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ