arrow

पूर्व सांसद पङ्गेनीको निधनमा राष्ट्रियसभामा शोक प्रस्ताव पारित

logo
प्रकाशित २०७५ साउन २१ सोमबार
sanghiya-samsad.png

काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ । 

बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए । 

पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए । ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक– प्रजातान्त्रिकलगायतका आन्दोलनमा भूमिका निर्वाह गरेका पङ्गेनी काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवी समेत थिए । पङ्गेनीको आइतबार बिहान ५६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक २३ गते ११ बजे बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ