arrow

कालो दिन भन्दै पूर्वका नौ जिल्ला बन्द

logo
जितेन्द्र भण्डारी 
प्रकाशित २०७५ साउन २२ मंगलबार
banda_photo.JPG

पाँचथर । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले मंगलबार पूर्वमा एक दिन वन्दको आहवान गरेको छ । वन्द आह्वान गरेको कारण पूर्वी नेपालको जनजीबन विहानैदेखि प्रभाबित बनेको छ ।

पृथ्वी नारायण शाहले एकीकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा परिषदले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्दछ ।

पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधनहरु चलेका छैनन् ।

बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन नसक्दा जनजीबन कष्टकर बनेको छ । बजार पसल, शिक्षण संस्था, उद्योग धन्दालगायतमा पनि बन्दको प्रभाव परेको छ । बन्दका कारण यात्रामा रहेका सर्वसाधारण बढी मारमा परेका छन् ।

एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ