arrow

एन्ड्रोइड ९ ल्याउँदै गुगल, के के छन् फिचर्सहरु ?

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
google_new_verson.jpg

काठमाडौं । गुगलले एन्ड्रोइडको नयाँ भर्सन एन्ड्रोइड पी बजारमा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । कम्पनीले यो भर्सन ल्याउन लागेको बताएको एक महिनापछि आधिकारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको हो । 

यो एन्ड्रोइड भर्सनका लगि गुगलले ‘पाइ’ नामको चयन गरेको हो । गुगलले आफ्नो पछिल्लो एन्ड्रोइड भर्सन बजारमा आउने तयारी रहेको बताएको हो । अहिले बजारमा आउन लागेको गुगलको यो भर्सन यसअघिको एन्ड्रइड ओरेओ ८.० को विस्तारित रुप रहेको बताइएको छ । एन्ड्रोइड भर्सन ८.१ वा ८.२ आउनसक्ने अनुमान गरिएको अवस्थामा गुगलले एन्ड्रोइड भर्सन ९ सार्वजनिक गरेको हो । 

गुगलको नयाँ एन्ड्रोइड भर्सन सोनी, साओमी, एमएचडी ग्लोबल, ओप्पो, भिभो, वानप्लस र इसेन्सियलजस्ता कम्पनीहरुको उत्पादनमा प्रयोग हुने बताइएको छ । एन्ड्रोइड वान अम्ब्रेलामा रहेका स्मार्टफोनहरुले नयाँ भर्सनको अपडेट पाउने बताइएको छ ।
 
गुगलले यो वर्ष आफ्नालाई निकै फलदायी रहेको बताएको छ । उसले आफ्नो नयाँ भर्सन नन–पिक्सेल स्मार्टफोनहरुमा पनि प्रयोग गरिन लागिएको बताएको हो । यो भर्सनको पहिलो अपडेट पाउने स्मार्टफोनहरुमा सोनीको एक्सपेरिया एक्सजे२, इसेन्सियल फोन, नोकिया ७प्लस, साओमी मिमिक्स २एस, ओप्पो आर१५ प्रो, भिभो एक्स२१ र वानप्लस ६ रहेका छन् । 

मंगलबारबाटै नै पिक्सेल डिभाइसहरुमा यो अपडेट दिने तयारीमा गुगल रहेको हो । नयाँ एन्ड्रोइड भर्सनमा स्मार्ट टेक्स्ट सेलेक्सन, छिटो सेटिङ्स, सरल भोल्युम कन्ट्रोल, नयाँ ड्यासबोर्ड, एप टाइमर, ‘डु नट डिस्टर्व’ मोडलगायतका फिचर्सहरु रहनेछ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ