arrow

पाटन क्षेत्रको ढल व्यवस्थापन गर्न अझै दुई वर्ष लाग्ने

पुसदेखि धमाधम काम हुन्छ–चिरिबाबु

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
patan.JPG

ललितपुर । ललितपूर महानगरका भित्री शहरमा ढल व्यवस्थापनका लागि ४८ करोड रुपैयाँको काम शुरु हुने भएको छ । ललितपुर महानगरपालिकाले विश्व सम्पदा सुचिमा सुचीकृत पाटन सम्पदा क्षेत्र र पर्यटकीय भित्री शहरका ढल व्यवस्थापनका लागि काठमाडाैं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) र एशियाली विकास बैंकसँग सम्झौता गरेको छ ।

ललितपुरको भित्री शहरका दरबार क्षेत्र, कुमारीपाटी र महापालमा वर्षौदेखि देखिदै आएको ढल जाम हुने समस्या निराकरणका लागि यो आउने पुसदेखि धमाधम काम हुने मेयर चिरीबाबु महर्जनले बताए ।   
ललितपुरका वडा नम्बर ५, ९, ११, १२, १५, १६ र १९ वडामा पर्ने भित्री शहरका ढल निर्माण हुनेछ ।  

यो आयोजना अन्र्तगत ४८ करोड ४९ लाख ७१ हजार ७ सय ५० रुपैयामा करीब २.८ किलोमिटर सडकको ढल निर्माण हुनेछ । बर्खा लागेसँगै ललितपुरबासीले वर्षौंदेखि ढल जाम र हिलाम्ये सडकको दुर्दशा सहँदै आएका छन् । 

         

                    ढल व्यवस्थापन बिनाको नःटोल क्षेत्रको बिजोग 
सन् २०२० पछि ललितपुर बासीले यस्तो समस्या देख्न नपर्ने मेयर चिरीबाबु महर्जनको दाबी छ । यो आयोजनामा लाने खर्चको ८० प्रतिशत रकम एशियाली विकास बैंकको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीले व्यहोर्नेछ भने बाकी २० प्रतिशत खर्च ललितपुर महानगरपालिकाले व्यहोर्नेछ । ढल निर्माणका लागि डिपिआर तयार भइसकेको मेयर चिरीबाबु महर्जनले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ