arrow

हरियो स्टिकर नभएका चारपांग्रे सञ्चालनमा रोक

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
vehicle-nepal.jpg.jpeg

काठमाडौं । सरकारले हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई भदौदेखि रोक लगाउने भएको छ। पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने गरी धुँवाको उत्सर्जन वृद्धि भएपछि यातायात व्यवस्था विभागले यस्तो व्यवस्था गर्न लागेको हो।

पहिलो चरणमा काठमाडौं उपत्यकासहित मुलुकभरका उपमहानगरपालिका र महानगरपालिकामा हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारी सञ्चालनमा रोक लगाइनेछ। 

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले प्रदूषण परीक्षणमा अनुत्तीर्ण निजी र सार्वजनिक चारपांग्रे सवारीसाधन सञ्चालनमा भदौदेखि रोक लगाइने जानकारी दिए। 

इन्जिन मर्मत नगरी सञ्चालन गरिने पुराना सवारीसाधनबाट निस्कने प्रदूषण नियन्त्रण गर्न यो व्यवस्था गर्न लागिएको हो। विभागले २०७५ वैशाख १ गतेदेखि नै प्रदूषण मापदण्डभित्र नपरेका सवारीमा पूर्ण बन्देज लगाउने निर्णय गरेको थियो। तर, पूर्वतयारी नभएकाले ढिला भएको हो। (अन्नपूर्ण पोष्टबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ