arrow

स्मार्टफोन चलाउँदा जानसक्छ ज्यान, ध्यान दिनुहोस् यी कुराहरु

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
smartphone2.png

काठमाडौं । नयाँ पुस्ताको आकर्षण अहिले स्मार्टफोनमा अत्यधिक मात्रामा देखिन्छ । जसको कारण यसको दुरुपयोग हुने खतरा पनि अहिले चुलिँदै गएको छ । त्यसैले स्मार्टफोनको दुरुपयोग हुन सक्छ कि भन्ने विषयमा निकै सचेत हुनु जरुरी हुन्छ । 

कहिलेकाँही स्मार्टफोनको दुरुपायोग ज्यानका लागि नै घातक हुनसक्छ । त्यसैले स्मार्टफोन चलाउँदा निम्न कुराहरुमा ध्यान दिनु राम्रो हुन्छ – 

१ . स्मार्टफोनलाई धेरै चार्ज नगर्नु 

लामो समयसम्म मोबाइललाई चार्जमा राख्ने बानी छ भने आजैबाट हटाउँदा राम्रो हुन्छ । यसले स्मार्टफोन अत्यधिक मात्रामा तात्ने खतरा हुन्छ । त्यसैले स्मार्टफोन पूरा चार्ज भइसकेपछि चार्जमा जोडिराख्नु हुँदैन । 

२. छातीको खल्तीमा स्मार्टफोन नराख्नु 

धेरैलाई छातीको खल्तीमा स्मार्टफोन राख्नु सजिलो लाग्छ । स्वास्थ्यसम्बन्धी विभिन्न किसिमको समस्या आउनसक्ने भन्दै विज्ञहरुले यस किसिमको कार्य नगर्न सुझाउँदै आएका छन् । 

३. चार्जमा राखेको समयमा इयरफोन राखेर गीत नसुन्नु

कोही अत्यधिक मात्रामा स्मार्टफोन चलाउने मानिसहरु चार्जमा मोबाइल भएकै अवस्थामा पनि गीत सुन्न मन पराउँछन् । यसो गर्नाले मानिसको ज्यानसमेत जानसक्छ । यस किसिमको कार्यले पछिल्लो समय केही मानिसहरुको ज्यान गएको विवरणहरुले देखाएका छन् । 

४. सुत्दा स्मार्टफोनलाई नजिकै नराख्नु 

राति सुत्दा स्मार्टफोनलाई आफ्नो नजिक नराख्नु राम्रो हुन्छ । विशेषगरी आफ्नो सिरानीमुनि राख्नुहुँदैन । यसले मानिसले मस्तिष्कमा नकारात्मक असर पार्नसक्ने डक्टरहरुको भनाइ छ । साथै यसले मानिसको निद्रामा पनि नकारात्मक असर पार्नसक्छ । 

५. स्मार्टफोनलाई घाममा नराख्नु 

आफ्नो स्मार्टफोनलाई प्रत्यक्षरुपमा घाममा राख्नु हुँदैन । विशेषगरी चार्ज भइरहेको अवस्थामा घाममा राख्नु निकै घातक हुनसक्छ । साथै अन्य तातो आउने स्थानमा पनि स्मार्टफोनलाई राख्नु हुँदैन । स्मार्टफोनलाई सामान्यतया शून्य देखि ४५ डिग्री सेन्टिग्रेटसम्मको तापक्रम उचित मानिन्छ । 

६. चार्ज गर्दा सजिलो स्थानमा राख्नु

धेरै मानिसहरु सिरानीमुनि राखेर आफ्नो मोबाइल चार्ज गर्ने गर्छन् । यदि यस किसिमको बानी छ भने तुरुन्त त्यसलाई त्याग्नु नै राम्रो हुन्छ । यसले स्मार्टफोनलाई अत्यधिक मात्रामा तताउन सक्छ, जसले स्मार्टफोन विष्फोट हुने खतरा हुनसक्छ । 

७. स्मार्टफोनलाई थिचिनबाट रोक्ने 

स्मार्टफोनको अर्को महत्वपूर्ण कुरा दबाब हो । यसलाई धेरै दबाब दिनु हुँदैन । साथै कहिलेकाँही ब्यागमा राख्दा पनि गह्रौं सामग्रीहरुभन्दा मुनि राख्नु हुँदैन । 

८. आफ्नै चार्जरबाट चार्ज गर्नु

स्मार्टफोनलाई आफ्नै चार्जरबाट मात्र चार्ज गर्नु राम्रो हुन्छ । अन्य चार्जरहरुबाट चार्ज गर्ने बानीले स्मार्टफोनमा कुनै पनि समयमा खराबी आउनसक्ने हुन्छ । 

९. आधिकारिक पसलबाट मात्र स्मार्टफोन मर्मत गर्नु 

स्मार्टफोनमा कुनै समस्या आएको खण्डमा आधिकारिक पसलबाट मात्र मर्मत गराउनु राम्रो हुन्छ । यस्तोमा कुनै पार्टहरु प्रभावित छन् भन्ने कुरा राम्रोसँग थाहा नहुन पनि सक्छ र अनाधिकृत पसलहरुले तपाइँको स्मार्टफोनमा रहेको विवरण चोरी गरी अनावश्यक एपहरु इन्स्टल गरिदिने खतरा पनि हुन्छ । 

१०. चार्ज गर्दा सबै एपहरु बन्द गर्नु

यो कार्य सधैं सम्भव नहुन पनि सक्छ तर चार्ज गर्दा खुलेका एपहरुले स्मार्टफोनलाई तातो बनाउन सहयोग गर्छ । त्यसैले आफ्नो स्मार्टफोन चार्ज गर्नुभन्दा अगाडि स्मार्टफोनका सबै एपहरु बन्द गर्नु राम्रो हुन्छ । साथै स्मार्टफोन चार्जमा रहेको समयमा फोनमा कुरा गर्ने तथा गेम खेल्ने काम गर्नुहुँदैन । 

११. आधिकारिक एप स्टोरबाट मात्र एपहरु डाउनलोड गर्नु 

स्मार्टफोनमा अहिले विभिन्न किसिमका एपहरु आएका छन् र तिनीहरुको नक्कली एप तथा अवैध एपहरु पनि आएका छन् । यस्तोमा उनीहरुबाट बच्नका लागि आधिकारिक एप स्टोरबाट मात्र एपहरु डाउनलोड गर्नु राम्रो हुन्छ । खराब किसिमका एपहरुले स्मार्टफोनको सबै विवरणहरु चोर्नुका साथै स्मार्टफोनमा नै खराबी ल्याउन पनि सक्छन् । 

१२. स्मार्टफोन चिसो भएको अवस्थामा चार्ज नगर्नु 

स्मार्टफोन चार्ज गर्ने समयमा सुखखा छ कि छैन भनेर जाँच गर्नु आवश्यक हुन्छ । त्यसका साथै पसिनाले भिजेको पाइन्टबाट स्मार्टफोन निकालेर तत्कालै चार्जमा राख्नु पनि घातक हुनसक्छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ