arrow

सामसुङको १ खर्ब ६० अर्ब डलर लगानीको योजना

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
samsung-company.jpg

एजेन्सी। सामसुङ ग्रुपले एक खर्ब ६० अर्ब डलर लगानी गर्ने भएको छ। त्यसका साथै आगामी तीन वर्षमा ४० हजार रोजगारी सिर्जना गर्ने सामसुङले बताएको छ। 

कम्पनीका अधिकारीहरुले भने अहिले अघि सारिएको योजनाले आगामी दिनमा दक्षिण कोरियाको अर्थतन्त्रमा पनि सुधारको लागि मौका मिल्ने बताएका छन्। अहिले दक्षिण कोरियाको यो कम्पनी मुन जाइ–इनको नेतृत्वमा रहेको सरकारमा रोजगारीको सिर्जनामा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। 

विश्लेषकहरुले अहिले सार्वजनिक भएको नतिजा श्रम बजारको लागि निकै महत्वपूर्ण हुने बताएका छन्। साथै पछिल्लो समय देखिएको कमजोर खपतले पनि कम्पनीलाई आर्थिक हिसाबमा महत्वपूर्ण नतिजा हासिल गर्नु आवश्यक रहेको बताइएको हो। यसले करिब सात लाख रोजगारीहरुको लागि सहयोग पुग्ने बताइएको छ। अहिले ल्याइएको एक खर्ब ६० अर्ब डलरको लगानीमध्ये १ खर्ब १६ अर्ब दक्षिण कोरियामा खर्च हुनेछ।

सामसुङले आफ्नो २२ अर्ब डलरबराबरको रकम आविष्कारको क्षेत्रमा लगानी गरिने बताएको छ। विशेषगरी सो रकम एआई, ५जी लगायतका क्षेत्रहरुमा खर्च गरिने कम्पनीले बताएको हो। त्यसका साथै अहिले यो कम्पनी अर्धधातु र डिस्प्ले प्यानलमा पनि महत्वपूर्ण लगानीको दिशामा अघि बढिरहेको पाइएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ