arrow

राजीनामा दिएका नारायणकाजी फेरि देखिए पूरानै भूमिकामा 

नारायणकाजी मच्चिए मच्चिए थच्चिए

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
narayn_kaji.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठ फेरि पुरानै भूमिकामा देखिएका छन्। उनले विहिबार सचिवालय बैठकको निर्णय राजीनामा दिनुअघिको जस्तै पत्रकारलाई सुनाएका छन् । 

प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले राजीनामा फिर्ता लिन आग्रह गर्दा ठाडै फिर्ता लिन्न भन्ने जवाफ फर्काएका श्रेष्ठले विहिबार सञ्चाकर्मीलाई चकित पारे । 

उनी नै प्रधानमन्त्री निवासबाट डायरी पल्टाउँदै बाहिर निस्किए । उनले पत्रकारसँग आफुले दिएको राजीनामाबारे केही भनेनन्, बैठकका निर्णय भटाभट सुनाए । 

वुधबारको बैठकमा उनले, ‘मैले स्वेच्छाले विना हिच्किचाहट राजीनामा दिएको हुँ । त्यसैले फिर्ता लिने कुरा भएन। सचिवालयले जे निर्णय गर्छ । ठिक छ । त्यसलाई म सम्मान गर्छु । तर, दिइसकेको राजीनामा फिर्ता लिन्न’ भनेका थिए । 

गएको साउन ७ गतेको सचिवालय बैठकमा डा. गोविन्द केसीलाई अनसनस्थलमै भेट्न गएको विषयमा अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेका थिए । श्रेष्ठले त्यसको जवाफमा प्रवक्ताबाटै राजीनामा पत्र थमाएर हिँडेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ