arrow

पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
army-chief.jpg

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहिबार प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति क्षेत्रीले  थापालाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

 प्रधानसेनापति क्षत्रीले बिहिबार पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्दैछन् । क्षेत्री नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरेका थिए । उनले सेनामा करिब ४० वर्षसम्म सेवा गरेका छन् ।  सैनिक परम्परा अनुसार क्षत्री शुक्रबारदेखि बिदामा बस्दैछन् ।

 बलाधिकृत रथी थापालाई  श्रावण १० गतेको नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम शुक्रबारबाट लागु हुने गरी प्रधानसेनापतिमा कायम मुकायम तोकेको थियो ।

बुझबुझारथ पश्चात कामु प्रधानसेनापति रथी थापाले नेपाली सेनालाई आधुनिकिकरण गर्ने प्रयास स्वरुप लेस पेपर इन्भारोमेन्ट को लागि डिजिटलाइजेशन मार्फत कार्यालयहरुमा कामको शुरुवात गर्नुको साथै काठमाण्डौ—तराई-मधेश दु्रतमार्गआयोजना कार्यान्वयनको लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार बलाध्यक्ष रथी हेमन्त राज कुँवरलाई बिहिबारबाटै हस्तान्तरण गरेका छन् ।

समारोहमा नेपाली सेनाका पि.एस.ओज. रथीबृन्द लगायत विभिन्न विभाग-निर्देशनालयहरुका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ