arrow

हेमानन्द गिरी शंकराचार्य होइननः महामण्डलेश्वर स्वामी अात्मानन्द गिरी

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
mahamandaleshwor-aatmananda-giri.jpg

काठमाडौं। नेपालका एक मात्र महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीले शंकाराचार्यका नाममा आफ्नो प्रचार गर्दै आएकी हेमानन्द गिरी शंकराचार्य नै नभएको बताएका छन्। 

हाम्राकुरासँग संक्षिप्त कुराकानीमा महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीले हेमानन्द गिरी शंकराचार्य नभएको र उक्त कुरामा पछि नलाग्न नेपाली जनतामा आग्रह गरेका छन्।

शंकाराचार्य परम्परामा चार मठ हुने र चार आचार्य हुने कुरा स्पष्ट पार्दै महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीले शंकराचार्यका निमित्त मठाम्नाय ग्रन्थले निर्देष्ट गरेको आचारसंहितामा रहेको, अखण्ड ब्रह्मचार्य भएको र दण्डीस्वामी मात्र शंकराचार्य बन्न पाउने स्पष्ट पारे।

सस्तो लोकप्रियताकालागि र प्रोपोगन्डामा चलेर हेमानन्द गिरीलाई शंकराचार्य घोषणा गरेको महामण्डलेश्वर आत्मानन्द गिरीले बताए।

शंकराचार्य परम्परामा सन्यास लिएको व्यक्ति मात्र शंकराचार्य बन्न पाउने र काशी विद्वत् परिषद्लाई शंकराचार्य घोषणा गर्न पाउने अधिकार रहेको उनले स्पष्ट पारे।

शास्त्रीय परम्परालाई ख्याल गर्न आग्रह गर्दै उनले आवेग र सहानुभूतिले कोहिपनि शंकराचार्य बन्न पाउदैन भन्ने कुरापनि स्पष्ट पारे।

१००८ स्वामी आत्मानन्द गिरी नेपालको एक मात्र महामण्डलेश्वर हुन्। उनी देवघाटस्थित गलेश्वर आश्रमको मठाधिश हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ