arrow

इंगलिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु 

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
english-premier-league-football.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातिबाट सुरु हुँदैछ । उद्घाटन खेलमा म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी भिड्ने छन् । 

खेल राति १२ः४५ बजे म्यान्चेस्टरको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।  

शुक्रबार राति एउटामात्र खेल हुनेछ । 

शनिबार भने ६ खेल हुनेछन् । न्युकासल युनाइटेडले टोटनह्यामसंग, बर्नमाउथले कार्डिफ सिटीसंग, फुल्हमले क्रिष्टल प्यालेससंग, हडर्सफिल्डले चेल्सीसंग, वाट्फोर्डले ब्राइटनसंग र वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनसंग खेल्नेछ । 

यसपटक प्रिमियर लिगमा थपिएका तीन नयाँ टोलीमा फुल्मह, कार्डिफ र वुल्भरह्याम्पटन हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ