arrow

सेनाको आक्रमणमा परी २९ बालबालिकाको मृत्यु

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
attack-child.jpg

काठमाडौं । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा परी यमनमा २९ बालबालिकाको ज्यान गएको छ । हवाइ आक्रमणमा परी मृत्यु हुनेहरु १५ वर्ष मुनिका हुन् । 

४८ जना घाइते भएमध्ये त्यसमा ३० बालबालिका पनि परेको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ ।

उत्तरी यमनको शाद इलाकाको बजार क्षेत्रमा गुडिरहेको बसमा सवार बालबालिका आक्रमणमा परेका हुन् । साउदी गठबन्धनले हुथी विद्रोहीविरुद्व लडिरहेको यमन सरकारलाई समर्थन गरिरहेको छ ।

बालबालिका मार्नुलाई हुथी विद्रोहीविरुद्व कारबाही गरिरहेका समूहले सही ठहर्याएका छन् । हुथी विद्रोहीले गरेको ब्यालेष्टिक मिसाइलको जवाफमा आफुहरुले प्रत्याक्रमण गरेको भन्दै गठबन्धन समूहले यसलाई अन्तर्राष्ट्रिय कानुन अनुरुपकै भएको बताएका छन् ।

गठबन्धन सेनाले स्कुल, बजार, अस्पताल र आवासीय क्षेत्रलाई निशाना बनाउने गरेको आरोप लाग्दै आएको छ । 

View image on Twitter

Smoke rises after a reported air strike in Sanaa, Yemen (9 August 2018)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ