arrow

यसरी जोगाए प्रधानमन्त्री ओलीले निरु पाललाई 

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
oli-niru.jpg

काठमाडौँ । ‘ठगका हजार दाउ’ भन्ने त नेपालीमा उखानै छ । त्यही उखानलाई चरितार्थ गरिरहेकी छिन् प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली निकटकी सांसद निरु पालले । 

विदेश पठाइदिने भन्दै युवाहरुबाट लिएको लाखौं रुपैयाँ फिर्ता गर्न नमान्ने अनि उल्टै खप्की दिएर पठाउने बानी परेकी पाललाई अपराध गरेपछि अप्ठयारोमा पर्न  सकिन्छ भन्ने लागेपछि चाल गरेर आफ्नो सुरक्षा बढाइन् । 

अर्काको ठगेर खाने बानी परेकी पाललाई उत्तम समय भने प्रधानन्यायाधीशका लागि दीपकराज जोशीको संसदीय सुनुवाई विशेष समितिमा सुनुवाई चल्दाचल्दैको समय पर्यो।

यो समयमा ठूलो चलखेल हुन्छ र कोही दबाब दिन पनि आउँछन् भन्ने लागेर उनले आफूलाई ज्यान मार्ने धम्की आयो भन्दै घटना बनाइन् । घटनाअनुसार उनलाई उनको कोठा रहेको मध्यबानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेस पछाडि साउन १५ गते राति साढे ८ बजे अज्ञात हतियारधारी व्यक्तिहरु मोटरसाइकलमा आएर धम्की दिन्छन् । 

उनीहरुले पाललाई दीपकराज जोशी संसदीय सुनुवाइबाट अनुमोदन नभएमा ठीक नहुने भनी कञ्चटमा पेस्तोल ताक्छन् । अनि धम्की दिने क्रममा जोशी अनुमोदित भएनन् भने ‘बा’ केपी ओलीले पनि तलाईं बचाउन सक्दैनन् भनेर जान्छन् । सो क्रममा पालको आइफोन पनि लुटिन्छ । 

त्यसपछि उनका ‘बा’ ओलीले उनको सुरक्षा बढाउँछन् । पाललाई सरकारी तहबाटै सुरक्षा गार्ड प्रदान गरिएको छ । यति भएपछि कुनै बाहिरी मान्छे पालको अगाडि पर्नुअघि सुरक्षा गार्डसंग जुध्नुपर्ने हुन्छ । 

यसरी ठगीको पैसा दिनबाट बच्चका लागि उनले सुरक्षा गार्ड राखेकी छिन् । ओलीलाई अगाडि राखेर राजनीति गर्ने बानी परेकी पालको सुरक्षामा कुनै कमी नहोस् भनेर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि गम्भीर भए। अफिसरहरुलाई थर्काए । 

धम्की दिने समूह पक्राउ गर्न भने । प्रहरीले पनि भएजतिका टोले गुन्डासमेतलाई उठायो । केही सिप लागेन । प्रहरीले घटनाको सुराकीसमेत पाउन सकेन । नेपाल प्रहरीलाई अनुसन्धानमा विश्वकै अब्बल गनिन्छ । तर पाल धम्कीका अभियुक्तलाई फेला पार्न सकेन । 

प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा एउटा छानविन टोली पनि बनाएको छ । तर, केही पत्ता लागेको छैन । प्रहरीभित्रै कसैले धम्की दिएको भए पो अपराधी पत्ता लाग्नु त भन्ने प्रश्नसमेत उब्जिएको छ । 

उनको लुटिएको भनिएको आइफोन मोबाइल प्रहरीको लोकेशनबाट पत्ता लगाउन खोजियो । तर त्यो मोबाइल लुटियो भनिएको ७–८ घण्टासम्म उनकै कोठातिर चलेको देखिएको प्रहरी स्रोतको दावी छ । 

पालले जब अर्को दिन संसदमै कुरो उठाइन् तब लुटियो भनिएको मोबाइलसमेत स्वीचअफ गरिन्छ। यो जिज्ञासा प्रहरीले बुझ्न सकेको छैन। कतै निरु पालनै फस्ने त हैनिन् ।उनले भयो भनिएको घटनामा कुनै पनि प्रत्यक्षदर्शी छैनन् । दोषी पनि भेटिएका छैनन् । 

पालको झुठको ड्रामा पहिलो हैन 
निरु पालको झुठको ड्रामा यसअघि पनि फेला परेको हो । केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा यिनै पाल प्रधानमन्त्रीको सचिवालयकी सदस्य थिइन् । 

उनी कुर्सीमा पुग्नका लागि झुठो बोल्ने घटना नौलो नभएको उनी निकट एक नेतृले बताइन् । उनले भनिन् –निरुजी नाटक गर्न माहिर हुनुहुन्छ । 

उनले झुठो बोलेरै उमेर ढाँटेर युवा संघ सम्हालिन् । उनले झुठो बोल्ने क्रममै मदन भण्डारीसंग विशेष सम्बाद भएको समेत बताएकी थिइन् । त्यसपछि उनको ब्यापक आलोचना भएको थियो । 

ठगी गर्ने अनि पैसा फिर्ता दिनुपर्यो भने अनेक तरहका आरोप लगाउने र सुरक्षा अपनाउने निरु पाललाई बचाउने केपी शर्मा ओलीले किन आफ्नो साखलाई अप्ठेरामा पारे उनै जानून् ।

प्रधानमन्त्रीले यसरी जोगाए 
निरु पाल प्रधानमन्त्री ओली पहिलो पटक प्रधानमन्त्री हुँदाकी बालुवाटार सचिवालय सदस्य हुन् । फेरि सबैभन्दा ठूलो कुरा उनी काँग्रेस पृष्ठभूमिकी हुन्। आयातित सामानलाई बढी नै माया गर्ने नेपाली चलन छ । ओली पनि त्यस्तो प्रवृत्तिलाई संरक्षण गर्न माहिर भएकाले पनि निरु उनको नजिक रहन सफल भइन् । 

निरुको भित्री बिजनेश उनले थाहा नपाए पनि अगाडि नै सबैलाई ‘बा’ भनेर सम्वोधन गरिएपछि छोरी जस्तीसुकै भए पनि हेरचाह गर्नैपर्ने । त्यसैगरी गरे ओलीले । उनलाई बचाए। 

उनले पीएसओ पाउने सन्दर्भमा पनि ओलीले बोलेपछि पुग्यो । उच्च प्रहरी स्रोत भन्छ –प्रधानमन्त्री ज्यूको नजिकको भनेपछि हामी पनि सतर्क हुन कर लाग्यो । 

निरु जुनसुकै गोलचक्करमा लागे पनि ओलीले बचाउँदै आएको समेत स्रोत बताउँछ । अहिले पनि ओलीले निकै चातुर्यपूर्वक निरुलाई बचाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीभित्रै असन्तुष्टिका स्वरहरु गुन्जन थालेका छन् । 

तिनै निरु ओली क्याम्पमा भित्रिएपछि तत्कालीन एमालेका केही शीर्ष नेताहर टाढिएको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ