arrow

कमल थापाले फेरी भने - राजसंस्था अहिले पनि उत्तिकै सान्दर्भिक

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
kamal-thapa-1.jpg.jpeg

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्  ।

राप्रपा गण्डकी प्रदेश कार्यालयको शुक्रबार पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताए ।

राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उनले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गरे।

पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पुर्‍याएर जनताको मन जित्नुपर्नेमा उनको जोड छ ।

 गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय तह र टोलटोलमा हिन्दूराष्ट्र जागरण अभियान सञ्चालनमा ल्याइने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ