arrow

विदेशी घुम्छन्, नेपाली खान्छन्

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
tourist-nepal.jpg.jpeg

काठमाडौं। नेपालमा बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढ्दै गएको र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ। नेपाली पर्यटकले खानपिनमा बढी खर्च गर्ने गरेको देखिएको छ। 

सेवाप्रदायक होटेल व्यवसायीका अनुसार विदेशी पर्यटक घुमफिर गर्ने, सूचना लिने गतिविधिमा बढी खर्चिन्छन् भने नेपालीहरू खानपिनमा खर्चिन्छन्। त्यसरी हेर्दा ५० लाख नेपाली घुम्न निस्कँदा औसतमा एकजनाले पाँच हजार रुपैयाँ खर्चिंदा पनि वर्षमा करिब २५ अर्ब रुपैयाँ खर्च हुन्छ। 

अहिले नेपालीहरू सर्ट हाइकिङका पनि सोखिन बनेका छन्। लामो दूरीको पदयात्राभन्दा पनि होमस्टेमा जाने, चितवन, पोखरा, लुम्बिनी, काठमाडौं उपत्यकाआसपासका हाइकिङ क्षेत्रमा बढी घुम्न निस्कन्छन्। (नयाँपत्रिका दैनिक) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ