arrow

कर कहाँ खर्च गर्ने ? स्कार्पियो गाडीमा...

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
scorpio-jeep.jpg

नेपालगञ्ज। सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ? अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा। तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी चढिरहेका छन। उपप्रमुख र वडाध्यक्षका लागि १५ वटा मोटरसाइकल किनेका छन्। 

चौधरीले निर्वाचित भएको केही दिनमै सट्टा भर्ना हुने गरी विकास बजेटबाट गाडी किनेका थिए। गत आर्थिक वर्ष गाउँपालिकाले ६० लाखभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको थियो।

‘राजस्व संकलनपछि विकास बजेटको रकम फिर्ता गरिसक्यौं,’ प्रमुख चौधरीले भने, ‘वडाध्यक्ष र कर्मचारीका लागि मोटरसाइकल किनेका छौँ।’ संघीय सरकारले विकास बजेटबाट सवारीसाधन किन्न रोक लगाएको छ। आन्तरिक स्रोतबाट मात्रै गाडी किन्न छुट दिएको छ। (कन्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ