arrow

जसलाई जति समय पनि गुपचुप नजरबन्दी बनाउन नपाइने

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
jail.jpeg

काठमाडौं । सरकारले गुपचुप रुपमा जसलाई जति समय पनि नजरबन्दमा राख्न सक्ने प्रचलन अब हट्ने भएको छ । सार्वजनिक सुरक्षासम्बन्धी ऐन २०४६ संशोधन विधेयकमा कसैलाई गुपचुप नजरबन्दमा राख्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ ।

संसदमा दफावार छलफलसमेत भई पारित हुने अवस्थामा पुगेको विधेयकमा उल्लेख छ– ‘कुनै व्यक्तिलाई नजरबन्दमा राखिए स्थानीय अधिकारीले त्यसरी नजरबन्दमा राखिएको चौबीस घण्टाभित्र त्यस्तो व्यक्तिको स्थितिका बारेमा निजको परिवारको सदस्य वा नजिकको नातेदारलाई जानकारी दिनुपर्नेछ ।’ 

यसरी जानकारीका साथ नजरबन्दमा परेको व्यक्तिलाई रिहाइ गर्नुपर्दा अदालतको श्रेस्तेदार र सम्भव भएसम्म निजको परिवार वा नजिकको नातेदारको रोहबरमा छाड्नुपर्ने व्यवस्था पनि छ ।

यो व्यवस्थाको अनादर गर्ने अधिकारीलाई विभागीय कारबाही गर्नुपर्ने प्रावधान विधेयकमा समेटिएको छ । (कान्तिपुर दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ