arrow

दिवस मनाउन पनि केन्द्रकाे निर्देशन ?

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
sanghiye.JPG

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहले राष्ट्रिय मानव बेचविखन तथा ओसारपसारविरुद्धको १२ औँ राष्ट्रिय दिवस मनाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहबाट नै मानव बेचविखन तथा ओसारपसारमा सचेतना अपनाउन आगामी भदौ २० गते दिवस मनाउन लागिएको बताए ।  

मनाउन लागिएको दिवसको आदर्श वाक्य ‘सङ्घीयताको महत्वपूर्ण सार : मानव बेचबिखन अन्त्यका लागि जिम्मेवार र सहकार्यसहित गराैँ खबरदार’ चयन गरिएको छ । मन्त्रालयले दिवस स्थानीय तहलाई मानव बेचविखन तथा ओसारपसार जस्तो जघन्य अपराध नियन्त्रण गर्नका लागि सहयोग पुगोस् भन्नका लागि सचेतनामूलक र रोकथाम जस्ता कार्यक्रम तथा पीडित र प्रभावितका उद्धारमा केन्द्रित भएर मनाउन निर्देशन दिइएको उहाँले जानकारी दिए । 

नेपालमा अशिक्षा, गरिबीको कारणले दैनिक रुपमा मानव बेचविखन तथा ओसारपसार हुने गरेको पाइएको छ । नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनअन्तर्गतको यौन शोषणका लागि महिला तथा बालबालिका बेचविखन रोकथाम तथा न्यूनीकरण गर्ने महासन्धिलाई अनुमोदन गरेका दिनको सम्झनामा उक्त दिवस मनाउन थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ